बलात्कारका आरोपित मनोजलाई अदालतमा पेस गरिँदै

काठमाडौँ । सुन्दरी प्रतियोगिताका नाममा सहभागी युवतीमाथि यौन हिंसा‚ शोषण तथा बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले अदालतमा पेस गर्न लागेको छ । मानव बेचबबिखन तथा ओसारपसार ऐन, २०७४ अन्तर्गत मुद्दा चलाएर अनुसन्धान गर्नका लागि पाण्डेलाई अदालतमा पेस गर्न लागिएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिएका छन् । गृहसचिव पाण्डेले कपिलवस्तु घर भई काठमाडौंमा ग्लोबल मोडलिङका […]
भरतपुरका उम्मेदवार रेनुलाई १०३१४ मतको अग्रता

काठमाडौं । भरतपुर महानगरका मेयर उम्मेदवार रेनु दाहालले १० हजार ३ सय १४ मतको अग्रता लिएकी छन् । महानगरको १ लाख ११ हजार २ सय ७३ मतगणना हुँदा रेनुले ४४ हजार ७ सय १० पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ३४ हजार ३ सय ९६ मत पाएका छन् । यस्तै उपमेयरमा […]
अग्रता रफ्तारमा रेनु

काठमाडौँ । निरन्तर अग्रता दिँदै आएका भरतपुर महानगरका मेयर उम्मेदवार रेनु दाहालले अग्रता मत अझै बढाएका छन् । स्थानीय तह निर्वाचन अत्तर्गत चिनवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार रेनुले अग्रता मत झनै बढाएका हुन् । पछिल्लो मतपरिणाम अनुसार रेनुले ४४ हजार ३०५ पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी […]
वीरगञ्ज महानगरमा गठबन्धनको जित सुनिश्चित

काठमाडौं । वीरगञ्ज महानगरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का मेयरमा उम्मेदवार राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ । राजेशमान र इम्तियाज मतगणना हुन बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेका छन् । वीरगञ्जमा १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेकामा ९३ हजार ७ सय ८२ मत खसेको थियो […]
७२६ पालिकाको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउने अन्तिम चरणमा छ । पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २६ वटा पालिकाको सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ । यसैगरी नेकपा एमाले दोस्रोमा छ । नेकपा माओवादी केन्द्र तेस्रोमा छ । कांग्रेसले ३ सय २० वटा पालिकाको प्रमुख पद जितेको […]
भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारको जित नजिक

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार जित नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका रेनु दाहाल र उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित निश्चित जस्तै भएको हो । अब महानगरमा २१ हजार ६ सय १४ मत गन्न बाँकी छ । रेनु एमालेका विजय सुवेदीभन्दा ९ हजार […]
धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित

धरान । सुन्दर नगरी धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन्। उनले सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई भारी मतले पछि पार्दै मेयरमा निर्वाचित भएका हुन् । उनी ५ हजार बढी मतान्तरले विजयी भएका हुन्। उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्रबिक्रम बेघा निर्वाचित भएका छन्। उनले एमालेका पदम इस्बो लिम्बूलाई […]
एमाले समीक्षा बैठकमै कुटाकुट

चितवन। राप्ती नगरपालिकामा नेकपा एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट भएको छ।राप्ती नगरको पदाधिकारी बैठकमा नगर सचिव तारकेश्वर सिंहमाथि एमालेका मेयर पदका उमेदवार गोविन्द कँडेलका छोरा सरोज कँडेलले कुटपिट गरेको आरोप लगाउँदै पीडित पक्षले चितवन प्रहरीमा उजुरी दिएको हो। पार्टी बैठकमा एमाले उमेदवारहरुको पराजयको कारणबारे समीक्षा भइरहेको अवस्थामा आफूमाथि कुटपिट भएको भन्दै सिंहले शनिबार गोविन्द र […]
खाेटाङमा मुख्यनेताकै पालिकाहरुमा अन्य दलकाे विजय

खाेटाङ।खोटाङमा विभिन्न दलका नेताको वडा तथा पालिकामा फरक दलका उम्मेदवार बिजयी भएका छन् । एमाले प्रमुख सचेतक बिशाल भट्टराईको गृह–पालिका खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । खोटेहाङमा माओवादी केन्द्रका उदिमबहादुर राई अध्यक्ष र कांग्रेसका रुपेश राई उपाध्यक्षम विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको सो गाउँपालिकामा एमालेका अध्यक्षका […]
यौन हिंसा विरुद्ध प्रदर्शन

काठमाडौं । बलात्कार पीडित युवतीका लागि न्याय माग्दै काठमाडौंमा प्रदर्शन भएको छ । एक युवतीले सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि आफूमाथि यौन हिंसा भएको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि पीडकलाई कारबाही गर्न माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो । प्रदर्शनकारीले ‘बलात्कारी होस तँ’ लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुले बलात्कार […]
