राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने तयारी गरेको छ । सरकारमा सहभागी हुने बारे दुवै गठबन्धनका नेताहरुसँग रास्वपाले अनौपचारिक छलफल गरिरहेको छ । पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको रास्वपा सरकारमा जाने विषयमा कुराकानी भइरहेको स्रोतको भनाई छ । रास्वपाका महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालका अनुसार रास्वपा जनताका पक्षमा […]
आजकाे माैसम

काठमाडौं । आज प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका केहि र बाँकी प्रदेशका एक-दुई […]
नेपालीहरू कामका लागि कुन देश बढी रोज्छन्

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै खाडी मुलुकहरू जाने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ। वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा म्यानपावार कम्पनीमार्फत् नेपालीहरू सबैभन्दा बढी साउदी अरब गएको पाइएको छ। सन् २०२१ को जुलाई १६ देखि सन् २०२२ को जुलाई ५ तारिखसम्म १,२३,६५८ जना कामका लागि साउदी अरब गएका छन्। साउदी अरबपछि […]
फेक एकाउन्टमार्फत चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा तेस्रोलिंगीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ का इनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामा छन् । प्रारम्भिक अनुसन्धानका क्रममा कर्मले सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्टमार्फत पीडितको तस्बिर अपलोड गरी पीडितका […]
कैलालीमा ५ अर्ब ३५ करोड बजेट फ्रिज

काठमाडौं । कैलालीमा गत आर्थिक वर्ष २०७८र७९ मा कूल विनियोजित बजेटबाट ५ अर्ब ३५ करोडभन्दा बढी रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ । स्थानीय तह, पूर्वाधार विकासका ठूला आयोजना तथा विभिन्न विषयगत कार्यालयका लागि संघीय सरकारबाट प्राप्त भएको कूल बजेट मध्ये ५ अर्ब ३५ करोड ५७ लाख ८२ हजार रुपैयाँ फ्रिज भएको कोष तथा […]
आज सुन तोलामा एक हजारले घट्यो

काठमाडौँ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य बुधबार ९३ हजार ५ सय […]
महालेखाद्वारा मेची भन्सारको एक करोड ८७ लाख असुल गर्न सुझाव

काठमाडौं । मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाइ एक करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ । सो रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको बताए । हालै सार्वजनिक भएको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट मिलेमतोमा दाना आयात […]
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्रलाई संक्रमण

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई संक्रमण भएको छ । सचिवालय श्रोतका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो । पोखरेल आइतबार देखि नै अस्वस्थ थिए । रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको थिए । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए । उनलाई अहिले पनि ज्वरो […]
भारतीय विदेशमन्त्री जयशंकर र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन् ।
भट्टराईद्वारा कारबाही खारेजीको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै उक्त निर्णयको खारेजीको माग गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराईसहित पार्टीका नौ नेतामाथि कारबाहीको निर्णय गरेपछि भट्टराईले शुक्रबार राति अबेर विज्ञप्ति जारी गर्दै नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल गरेका हुन् । अध्यक्ष यादवले भने […]
