पत्रकार लाई धम्क्याउने झापाका लाक्पा बिरुद्ध राजदुतावास र प्रहरीमा उजुरी

यूएई सम्बाद दाता । झापा जोरपानी ७ का लाक्पा लामाले सर्वसाधारणबाट लाखौं रकम लिएर भिजिट भिजामा यूएई ल्याई अलपत्र पारेको भन्दै नेपाली राजदुतावास अबुधावीमा निवेदन दिएका छन् भने पत्रकारलाई धम्याएकोमा प्रहरीमा उजुरी परेको छ । झापा झिलझीलेका कुमार प्रधानले भने, ‘लाक्पा लामाकी श्रीमती सीतल राजधामी (तामाङ) हाम्रो घरमा आईन्, ३ दिन बसिन्, मेरो साउदी अरबमा […]
भोली देखि उपत्यकाको निषेधाज्ञामा थप कडाई गरिने

वैशाख १८ ,काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सुचना चौतारी लाई जानकारी दिए । यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ […]
पछिल्लो २४ घण्टामा देशभर ३३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २७९ पुगेको छ। आज देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ३९१ जनाका पिसिआर […]
भारतबाट फर्किने नेपालीको नाकामा बिचल्ली

१८ वैशाख, धनगढी । डोटीको बोगटान गाउँपालिका–७ का टेकबहादुर बोहरा शनिबार बिहान ६ बजे गौरीफन्टा नाकामा उत्रिए । भारतको गोवामा रोजगारी गर्दै आएका बोहरा दोस्रो लहरको कोरोना कहर तीव्र बनेसँगै रोग र भोकबाट बच्न स्वदेश फर्किएका हुन् । भारतमै पीसीआर परीक्षण गरेर फर्किएका बोहरा बिहान १० बजेसम्म गौरीफन्टा नाकामा गाडीको खोजी गरिरहेका थिए । नाकामा […]
निजी अस्पताललाई ‘कोभिड अस्पताल’ मा रुपान्तरण गरौँ – डा. महेश मास्के

१८ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोनाभाइरस)का बिरामीलाई बेड उपलब्ध गराउन नसक्ने भन्दै हात उठाइरहेका बेला बरिष्ठ जनस्वास्थ्यविद् डा. महेश मास्केले सरकारलाई विभिन्न पाँच बुँदामा सुझाव दिएका छन् । डा. मास्केले काठमाडौं उपत्यकालगायत देशका धेरै वटा मेडिकल कलेज र निजी अस्पतालहरुलाई दुई महिनाका लागि कोभिड डेडिकेटेड अस्पतालमा परिवर्तन गर्न सरकारलाई सुझाएका छन् […]
आर्थिक वर्ष २०७८/७९ देखि श्रमिकको आधारभूत पारिश्रमिक वृद्धि हुने

बैशाख १८, काठमाडौं । श्रमिकले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि भएको छ । १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको हो । यसअघि नेपाली श्रम बजारमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियोे । श्रम दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको आधारभूत पारिश्रमिक बढेको घोषणा गर्दै […]
कोरोना रोकथामका लागि सरकारलाई विवेकशील साझाको ६ आह्वान

बैशाख १८, काठमाडौं । कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने सरकारको अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ । शनिबार विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ सङ्क्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको भनि सरकारले लत्तो छाडिदिनु गैह्रजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय भएको बताए […]
अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको टिप्पणी गरेको छ । संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा सरकार गैह्रजिम्मेवार बनेको कांग्रेसको आरोप छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक […]
‘श्रमिकहरू केवल उत्पादनका औजार होइनन्, समृद्धिका स्रोत हुन् ।’ : विप्लव

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले १३२ औँ श्रमिक दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै श्रमिक वर्गको संसारलाई कसैले रोक्न नसक्ने विचार उल्लेख गरेका छन् । महासचिव विप्लवले विज्ञप्तिमा जीवन र समाजलाई परिवर्तन गर्ने जिम्मेवारी आउँदा मजदुरहरूले श्रमसँगै विद्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नैपर्ने विचार उल्लेख गरेका छन् । […]
रोजगारी गुमाएका श्रमिकको आवश्यक प्रबन्ध मिलाउन राष्ट्रपतिको आग्रह

१८ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमिकलाई शुभकामना व्यक्त गरेकी छन् ।उनले मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गरेकी छन्। यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास पनि उनले […]
