चिनियाँ नेता लिउ चार दिने नेपाल भ्रमणमा आउँदै

काठमाडौं । नेपालका दुई ठूला कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मासँग भिडियो संवाद गरेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियाञ्चाओ २६ असारमा नेपाल भ्रमणमा आउने भएका छन् । लिउ आकस्मिक रूपमा नेपाल भ्रमणमा आउन लागेका हुन् । सीपीसीको विदेश विभाग प्रमुख सम्हालेपछि लिउको पहिलो विदेश भ्रमण नेपाल रहेको बताइएको छ । कूटनीतिक स्रोतका अनुसार […]

भारतको हिमाञ्चल प्रदेशमा बस दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्कुले बालबालिका समेत रहेका जनाइएको छ । दुर्घटनामा १६ जनाको ज्यान गएको हुनसक्ने आशङ्का गरिएको छ। हिमाञ्चलको कुल्लु जिल्लाको निओली शम्शेर सडक खण्डमा बिहान बस पल्टिएको हो। दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । […]

रुसको बेलगार्डमा विस्फोट, तीन जनाको मृत्यु

काठमाडौं । पश्चिमी रुसको बेलगार्डमा भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । यो जानकारी स्थानीय गभर्नर व्याचेस्लाव ग्लाडकोभले दिएका छन् । विस्फोटका कारण धेरै आवासीय भवनमा पनि क्षति पुगेको उनले बताए । यद्यपि यो दाबीलाई कुनै पनि स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन । रुसले युक्रेनमा आक्रमण गरेपछि बेलगार्ड क्षेत्रमा धेरै हमला भएका […]

श्रमका लागि दैनिक २ हजार नेपाली विदेशिंदै

काठमाडौं । गत जेठ महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या बढेको छ । वैशाखको तुलनामा जेठमा १७ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । दैनिक असौत २ हजार नेपालीहरु रोजगारीका लागि विदेश उडरिहेका छन् । वैशाखमा चैतको तुलनामा कामका लागि विदेशिने नेपपालीको संख्या साढे १० हजार जनाले घटेको थियो । वैदेशिक रोजगार विभागका […]

भारतमा पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

काठमाडौं । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ । पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय […]

अमेरिकाले युक्रेनलाई ८२ करोड डलरबराबरको सैन्य सहयोग गर्ने घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ८२ करोड डलरबराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अरू युद्ध सामग्री समावेश गरिएको छ । पछिल्ला दिनमा रुसले युक्रेनमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तव्यस्त पारेको छ । युक्रेनी सेनामाथि पनि घण्टौँसम्म तोपगोलाले […]

यौन शोषणको आरोपमा गायक आरलाई ३० वर्ष जेल सजाय

काठमाडौं । यौन शोषणको आरोपमा दोषी करार गर्दै अमेरिकी गायक आर.केल्लीलाई ३० वर्षको जेल सजाय सुनाइएको छ । उनको वास्तविक नाम रोबर्ट सिल्भेस्टर केल्ली हो । उनीमाथि लामो समयदेखि यौनशोषणको आरोप लाग्दै आइरहेको थियो । ५५ वर्षीय आरएन्डबी कलाकार ठगी र मानवबेचविखनको मामिलामा गत सेप्टेम्बरमा न्युयोर्कमा दोषी पाइएका थिए । उनका वकिलले अदालतको आदेशविरुद्ध पुनरावलोकनमा […]

अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडे

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन् । तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ । ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका देख्न सकिन्छ । त्यसपछि उनले भने, ‘म राम्रो छु ।’ उनी प्रथम महिला […]

दुबईका राजकुमार तीन दिने नेपाल भ्रमणमा

काठमाडौँ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् । तीन दिने नेपाल भ्रमणको क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

हलिउड अभिनेता स्पेसीमाथि तीन पुरुषलाई यौन दुर्व्यवहार गरेको आरोप

काठमाडौँ । हलिउड अभिनेता केभिन स्पेसीलाई तीन पुरुषहरू विरुद्ध चारवटा यौन दुर्व्यवहारको अभियोग लगाइएको महानगरीय प्रहरीले पुष्टि गरेको छ। ६२ वर्षीय कलाकारमाथि एक व्यक्तिलाई बिना सहमति यौन क्रियाकलापमा संलग्न गराएको अभियोग पनि लगाइएको छ । उनी बिहीबार बिहान १०स्०० बजे वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतमा उपस्थित हुनुपर्ने भनिएको छ । महानगरीय प्रहरीद्वारा सङ्कलन गरिएका प्रमाणहरूको समीक्षापछि अभियोग […]