Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वीरगञ्ज महानगरले पार्याे तयार अस्थायी आईसाेलेसन सेन्टर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 7, 2021

२४ वैशाख, वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाले एक सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी पूरा गरेको जनाएको छ। एक सय बेडको अस्पतालसँगै एक सय बेडको आइसोलेसन सेन्टर आजदेखी सञ्चालन गर्ने महानगरपालिकाले जानाएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले महानगरले उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नगरवासीको जीवन रक्षाका लागि कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गरेको महानगर प्रमुख विजय कुमार सरावगीले बाताए । ‘कोभिड अस्पताल र आइसोलेसन सेन्टरमा आवश्यक तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘आजै बाट रिबन काटेर उद्घाटन गरी संक्रमित राख्न सुरु गर्छौं ।’

वीरगञ्ज घडिअर्वास्थित गोपाल मण्डली धर्मशालामा महानगरपालिकाले अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर तयार पारेको हो । अस्थायी कोभिड अस्पतालमा चिकित्सक, नर्स, पारामेडिकल स्टाफले कोभिड संक्रमितको उपचार र हेर्चाहमा छन । त्यसका लागि विशेषज्ञ डाक्टर १ जना, मेडिकल डाक्टर २ जना, मेडिकल अफिसर ५ जना, पारामेडिकल स्टाफ २१ जना, सफाइकर्मी ८ जना, र प्रशासनिक कर्मचारी १० जना खटाइने महानगरपालिकाले जनाएको छ । अक्सिजन सहितको बेडको व्यवस्था गरिएको छ । होम आइसोलेसनमा अक्सिजनमा रहेका विरामी पनि अस्थायी कोभिड अस्पतालमा भर्ना हुन सक्ने महानगरले जनाएको छ ।

 

कोभिड अस्पतालमा भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधि र खाजा, खानासमेत महानगरले निःशुल्क उपलब्ध गराउनेछ।महानगरले आज देखी नै स्वाब संकलनको काम पनि शुरु गर्ने छ । कोरोना संक्रमणको दोस्रो लहरमा नारायणी अस्पतालमा मात्रै स्वाब संकलन भइरहको थियो । महानगरपालिकाले बिहान ७ बजेदेखि १० बजेसम्म दमकल कार्यालयमा स्वाब नमूना संकलन गर्ने भएको छ भने बढी संक्रमित भेटिएको वडामा दिउँसो २ बजेदेखि घुम्ती टोलीले स्वाब संकलन गर्नेछ ।

यसअघि महानगरपालिकाले एम्वुलेन्स, शव वाहन सेवा, होम आइसोलेसनमा रहेका कोभिड संक्रमितलाई निःशुल्क औषधि वितरण सेवा शुरु गरिसकेको छ । लायन्स क्लबसँगको साझेदारीमा कोभिड संक्रमितका लागि निःशुल्क अक्सिजन सेवा समेत दिँदै आएको छ । अस्पताल सञ्चालन पछि भने निःशुल्क अक्सिजन सेवा बन्द गर्नुपर्ने अवस्था आउने नगर प्रमुख सरावगीले बताए । ‘अस्पताल सञ्चालन गर्न नसक्दा घर–घरमा अक्सिजन पुर्‍याइरहेका थियौं,’ उनले भने, ‘अस्पताल सञ्चालन पछि यता पनि अक्सिजन चाहिन्छ, बिस्तारै निःशुल्क अक्सिजन सेवा बन्द गर्छौं ।’

वीरगञ्जमा अहिले पनि कोभिड संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । कडा लक्षण देखिएका अधिकांश संक्रमितलाई अक्सिजन दिनुपरिरहेको छ ।

गत वर्ष कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिएपछि महानगरले गण्डक अस्पताललाई भाडामा लिएर अस्थायी कोभिड अस्पताल सन्चालन गरेको थियो । गण्डक कोभिड अस्पतालमा ४ सय ४ जना र सिद्धार्थ स्कुल सेमी आइसोलेसन सेन्टरमा १ सय २३ जना संक्रमितकोे उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved