Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कथित दलित भन्दा हजारौं वर्ष जेठो भएकोले शिल्पी शब्द असल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 21, 2021

इतिहासकार र अध्येताहरूका अनुसार ऋग्वेदको समय पाँच हजार वर्ष पुरानो मानेका छन् । यही ग्रन्थमा व्यवसाय, शिल्पसुचक जातिहरू कामीलाई कर्मान, सार्कीलाई चर्मान र दमाईलाई तन्तुवाय वा तुत्रवुयु नामकरण गरिएको छ ।

कामी झाँक्री उख्खा फलाकमा पृथ्वीको सृष्टि भएपछि मानिसलाई खानको लागि खेतीपाती र कृषि उत्पादनको लागि किराँती शिवसँगै तिखु (तिख्खन) कामीलाई सतविउ छर्न लगाइ लोकलाई सेवा गरेको मन्त्र तन्त्रमा बक्छन् ।

मानसखण्ड, हिमवतखण्डमा किराँती शिव सँगसँगै जोडिने जाति कामी अरू पनि छन् हुन । नेपालको इतिहास र इतिहासकार हरूले भने सीमान्तकृत समुदायको प्राचीन इतिहास माथि ठूलो अन्याय गर्दै आएका छन् ।

अमेरिकी नागरिक प्रो.डा. ग्रेगोरी ग्याब्रियल मस्कारिनेकले सन् १९७७-१९९२ सम्म लगातार १५ वर्ष कर्नालीका रूकुम, जाजरकोट, सल्यान लगायत जिल्लामा झाँक्रीको बारेमा गहन अध्ययन गर्नुभएको थियो । यो पुस्तक हवार्ड विश्वविद्यालय प्रेसबाट सन् १९९८ मा (The Rulling of the Night) प्रकाशित भएको थियो ।

पुस्तकमा विशेषगरी नेपाली झाँक्री परम्पराको मूल कामी लगायत सिमान्तकृत समुदायकै हुने निष्कर्ष छ । तर धामी भने सबै समुदायबाट हुन्छन् भन्ने तथ्य पनि शोधले प्रकाश पारेको छ ।
यो अंग्रेजी संस्करणलाई शिलु घिमिरेले अनुवाद गरि सन् २००१ नेपाल प्रज्ञा-प्रतिष्ठानले छाप्ने जिम्मा लिएको थियो ।

तर यताउता, कताकता पाराले प्रज्ञाले दशवर्षसम्म झुलाएर नेपाली उल्था पाण्डुलिपि नै गायब पारिदिएको दुखान्त वेदना लेखक र अनुवादकले पुस्तकमा चर्चा गरिएको पाइन्छ । पछि मस्कारिनेकसँग बचेखुचेको, जोडजाम पारेर विं। सं। २०६९ सालमा अक्सफोर्ड इन्टरनेश्नल पब्लिकेसन्स प्रा।लि। अनामनगर काठमाडौले रात्रिका निर्देश नामको पुस्तक छापिएको हो ।

प्रज्ञा प्रतिष्ठानले पाण्डुलिपि नै गायब पारेर नछाप्नुको पछाडि एउटै कारण थियो । एकल राज्यसत्ताको जाँतोले किचेर दबाइएका वर्ग समुदायको प्राचीन सत्यतथ्य वास्तविक इतिहास बाहिर आउनु । अब यहाँहरूले बुझ्नस देवीदेवता, मन्दिर समेत कब्जा गरेर निषेध गरिनुको कारण के रहेछ रु यी समुदायमा अथाह किसिमको शिल्पकौशल, सँस्कृति सम्पदा र सभ्यताको खानी छन् । त्यसैकारण चतुर शासकवर्गको हेपाइ, चेपाइमा परेर अस्तित्व नै समाप्त पारिएको हो ।

यो हदको उत्पीडन, विभेद र बहिष्करण के कति कारणले भएको थियो भन्ने कुरा बुझ्न समकालीन झुटो इतिहास भन्दा बाहिर प्राचीन इतिहाससम्म नपुगी संभव छैन ।
केही साथीहरूबाट सुनेको थिँए । कामी झाँक्रीले अचम्म तरिकाले फलामको डण्डी भाँच्छन, विभिन्न चमत्कार गरेर देखाउँछन् भन्ने कुरा । प्रत्यक्ष आँखाले नदेखिकन भनेको भरमा त्यति विश्वास लागेको थिएन ।

त्यस ठाउँमा आफै समय मिलाएर हेर्न जाने सोच पनि बनाएको थिँए । तर यसवर्ष त्यत्तिकै भयो । तर सामाजिक सञ्जालको सञ्चार सुविधाले पुरै हेर्न नपाए तापनि कामी झाँक्रीले फलामे डण्डी भाँचेको केही क्लिप भने हेर्न पाइयो । यी दुबै दृष्य कर्नाली कालिकोटकै हुन् । पहिलो भिडियो कुमाल थरका कामी झाँक्री हुन् ।

यो शक्ति प्राप्तिका लागि विशेष चोखो नितो, साधना, तपस्याका साथ ४-५ दिन अघिबाटै मूलझाँक्री र सहायक झाँक्रीहरू गुप्तवास जस्तै बस्ने गर्दछन् । कुलपितृदेव र प्रकृतिको पूजा गरि विशेष शक्ति मागिन्छ ।

पृथ्वीको उत्पति महाविस्फोटको अदभूत ध्वनि शक्तिबाट भएकोमा वैज्ञानिकहरू सहमत छन् । दमाईँ जातिको पञ्चैबाजा पञ्चमहाभूतको प्रतीक पनि हो । नाद भनेको ध्वनि, ध्वनि भनेको वायुशक्ति १ दमाईँहरूको पञ्चैबाजाको विशेष राग, तालमा अकल्पनीय शक्ति प्रादूर्भाव हुँदा झाँक्रीहरूमा अलौकिक मुक्त मानव (साइटिक एबिलिटि) को रूपमा शक्ति शरीरमा प्रवाह हुँदा फलामे मोटो लौरी ठनक्क दुईवटा टुक्रा पार्न झाँक्री सफल भएका छन् ।

मूलत: हिमाल-पहाड र तराईका शिल्पकाैशलका धनी शिल्पी समुदायहरू प्रकृतिपूजक मन्त्र तन्त्र बाेन परम्पराका अनुयायी रहेको प्रमाणित हुन्छ । हजारौं वर्ष देखि सिंगाे शिल्पी समुदायलाई मूर्तिकरण अर्थात् पुरै निर्जीकरण गरिएको छ । शिल्पी समुदायको कथ्य वा भाष्य यसरी विकास गरिएको छ कि, उनीहरूकाे अस्तित्व, इतिहास, पहिचान, सँस्कृति, सम्पदा र सभ्यता केही पनि छैन !

नेपालकाे प्राज्ञिक वर्ग, बाैद्विक जमात र सचेत समूहहरू समेत गलत भाष्यमै रूमलिएका छन् । संभवत: यति माैलिक, शसक्त र प्रभावशाली झाँक्री जात्रालाई विश्वसम्पदा सूचीमा सूचीकरण गर्न ढिला गर्न हुँदैनथ्यो । तर शासकहरूलाई लाग्दाे हाे, याे सँस्कृति कामी जातिकाे मात्र हाे । तलकाे दुईवटा भिडियो क्लिक गरेर हेर्नुहाेस ।

विज्ञानलाई समेत चुनाैती दिने असाधारण कामी झाँक्रीले शक्ति देखाइएको दुर्लभ दृष्य !!! जय हाेस !!! (द्रष्टव्य: कुनै व्यक्ति, विचार समूहले गिजाेलेर विकृत बनाउँदैमा शिल्पी शब्द प्रयाेग नगर्ने भन्ने हुँदैन । कथित दलित भन्दा हजारौं वर्ष जेठो भएकोले शिल्पी शब्द नै प्रयाेग गरिएकाे छ) ।

स्रोत :डि बि नेपालीको सहयोगमा सुवर्ण कुमाल र बाले विश्वकर्मा

https://m.facebook.com/story.php?story_fbid=1891124597736493&id=100005169126565 https://www.facebook.com/bibas.bishowkarma/videos/193914059387252/

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved