Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 21, 2021

काठमाडौं। मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका बेला सत्तारूढमध्येको एकघटक जसपाले भने मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत गरेको हो ।

प्रधानमन्त्री देउवाले सोमबार संसद् भवनबाट बाहिरिँदै गर्दासमेत सरकार विस्तार छिट्टै हुने प्रतिक्रिया दिएका थिए । उनले सो विषयमा सत्ता गठबन्धन दलहरूसँग संवाद भइरहेको प्रतिक्रिया दिएका थिए ।

‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, गठबन्धन आबद्ध दलबीच संवाद हुँदै छ,’ प्रधानमन्त्री देउवाले सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललेसमेत यसअघि ५ असोजभित्रै सरकारले पूर्णता पाउने बताएका थिए ।

तर, जसपाका अध्यक्ष यादवले भने प्रधानमन्त्री देउवाको आसयको विपरीत प्रतिक्रिया दिए । उनले सरकारले पूर्णता पाउन मन्त्रालयको टुंगो नै नलागेको र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारले पूर्णता नपाउने बताएका हुन् ।

‘सरकारले पूर्णता पाउन मन्त्रालयको भागबन्डा टुंगिनुपर्छ, त्यो अहिलेसम्म हुन सकेको छैन, यस्तै, राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभई सरकारले पूर्णता पाउँदैन,’ यादवले भनेका छन् ।

उनले दल विभाजनसम्बन्धी अध्यादेशले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भएकाले त्यसको खारेजी पहिलो आवश्यकता भएको बताएका हुन् ।

सो काम सरकारले छिटै गर्ने भन्दै यादवले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने, विकृति फैलाउने, लोकतन्त्रलाई अस्थिर बनाउने अध्यादेशका पक्षमा आफ्नो दल नरहेको स्पष्ट पारेको आजको छ ।राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved