बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २० गतेदेखि उपकुलपतिको बर्खास्तीलगायत विभिन्न माग राखी आन्दोलन भइरहेको सन्दर्भमा मन्त्रालयले उपकुलपति डा गिरीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो । आन्दोलनका मागहरू सम्बोधन भइरहेको आश्वासन दिँदै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलले तयार पारेको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गरिने पनि जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा भएको भ्रष्टाचार छानबिन गर्न सबै कागजात लिइसकेको र छानबिन भइरहेको भन्दै मन्त्रालयले विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुत्ति मापदण्ड तय गर्न प्राध्यापकसहितको समिति गठन भई कार्य अघि बढाइसकेको पनि जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट










