बैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमणको आशंका गरिएको छ । प्रदेशसभामा
अविश्वास प्रस्ताव पेश भएपछि केन्द्रदेखि प्रदेशसम्मका नेताहरुसँग भेटघाटमा व्यस्त भएका मुख्यमन्त्री गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।

कोभिड संक्रमण पत्ता लगाउन किट प्रविधिमा गरिने आरडिटी परीक्षण आरडीटी हो । मुख्यमन्त्री गुरुङले टाउको दुखाइ र ज्वरो बढेपछि गरिएको आरडिटी परिक्षण पोजेटिभ देखिएपछि मंगलबार पीसीआर टेस्ट समेत गराएका छन् । पीसीआर परिक्षणको रिपार्ट आज आउने बताइएको छ ।
मुख्यमन्त्री गुरुङका प्रेस संयोजकले मुख्यमन्त्री गुरुङको आरडिटी पोजेटिभ आएको जानकारी दिए । उनले आरडिटी पोजेटिभ आएपछि पीसीआर परिक्षणका लागि स्वाब दिएपनि रिपोर्ट नआएको बताए ।
संयोजक न्यौपानेलाई समेत कोरोना संक्रमण देखिएपछि तीन दिनदेखि होम आइसोलेसनमा बसेका छन् । न्यौपानेका संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।










