Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमसीसी संशोधन हुन सक्दैन : सुमार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 10, 2021
तीव्र विवादमा परेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम लागू गर्न नेपाल भ्रमणमा आएको एमसीसीका उपाध्यक्ष फतिमा सुमारको टोलीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर आफ्नो औपचारिक भेटघाट शुरु गरेको छ ।

बिहीबार बिहान आफ्नो भ्रमण दलको टोलीसँगै काठमाडौंं आएको समारको टोलीले एमाले अध्यक्ष ओलीलाई उहाँको निवास बालकोटमा नै गएर भेटघाट गरेको थियो । नेकपा एमाले सरकारमा रहँदा उक्त कार्यक्रम लागू गर्नुपर्ने भन्दै लबिङ गरेको भए पनि सत्ताबाट हटेपछि भने उक्त कार्यक्रमका बारेमा पुनर्विचार गर्नुपर्ने धारणा सार्वजनिक गरेको थियो ।

भ्रमण टोली नेपाल आउनुभन्दा अघिल्लो दिन नै एमसीसीले नेपालले राखेको संशोधन प्रस्तावलाई अस्वीकार गरेपछि वर्तमान शेरबहादुर देउवाको सरकार अलमलमा परेको छ ।

एमसीसीले आफ्ना वरिष्ठ अधिकारीलाई नेपाल पठाएर उक्त कार्यक्रमका बारेमा ठोस धारणा लिएर मात्र अमेरिका फर्कन निर्देशन दिएकाले नेपाल सरकार भने यस कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्नेमा अलमलमा परेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीसँग भेट गरेको एमसीसीकी उपाध्यक्ष सुमारलाई सरकारी धारणा सुनेपछि मात्रै एमालेले निर्णय गर्ने जानकारी गराएको एमाले केन्द्रीय सदस्य सूर्य थापाले बताए ।

उपाध्यक्ष सुमारले नेपालमा किन एमसीसीको विरोध भएको त्यसबारेमा आफूहरु जान्न चाहेको कुरा ओलीलाई बताएपछि केही व्यक्ति एमसीसी पास गर्न नहुने भनेर लागिपरेको जानकारी गराउँदै आफ्नो सरकारका बेला एमसीसी पास गर्नका लागि अघि बढ्न खोजे पनि तत्कालीन सभामुख कृष्णबहादुर महराको असहयोगका कारण संसद्मा टेबल हुन नसकेको जानकारी उनले जनाए ।

‘संसद्बाट एमसीसी परियोजना पास गराउन सरकारसँग अहिले बहुमत रहेकाले पनि होला हामीसँग छलफल भएको छैन’, ओलीले सुमारलाई भने– ‘सरकारले कस्तो दृष्टिकोण बनाउँछ त्यसपछि मात्रै हामी संस्थागत निर्णय गर्ने छौं ।’

नेपाल भ्रमणका लागि काठमाडौं ओर्लिएपछि सुमार नेतृत्वको टोलीले विमानस्थलबाटै विरोधको सामाना गर्नुपरेको थियो । विमानस्थलमा जम्मा भएका एमसीसी कार्यक्रमका विरोधीहरुले नाराबाजी गरेका थिए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved