डिशहोम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी हो । जसको केहि वर्षदेखि एक्सन स्पोर्टस्सहित थुप्रै च्यानल सञ्चालन गर्दै आएको छ । केहि अघिबाट डिशहोमले गत वर्षबाट फाइबरनेट सेवा पनि सुरु गरेको थियो ।
उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गर्दै डिशहोमले डिशहोम फाइबरनेट गत वर्षबाट सुरु गरिएको थियो । डिशहोमले आफ्नो फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्धता जनाउँदै आएको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटलगायत विभिन्न सुविधाहरु दिदै आएको छ । फाइबरनेटका योजनाहरु १० देखि १०० एमबिपिएससम्म उपलब्ध रहेको बताइएको छ ।
काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र ईटहरीमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको बताइएको छ ।
देशभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालमा बर्दिवास, बुटवल, ढल्केबर र शंखमुल पुगेको र छिट्टै प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुर्याउने तयारी भइरहेको डिशहोमले जनाएको छ ।










