काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि नर्भिक अस्पताल ‘कोभिड अस्पताल’ मा रूपान्तरण भएको छ । अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’ मा रूपान्तरण गर्दै सेवा दिन थालेको हो ।
नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रित गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरणका लागि गर्नुभएको घोषणाको सिंहले स्वागत समेत गरे ।
कार्यकारी निर्देशक सिंहकाअनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ शैयामध्ये ९० शैया कोभिड शैयाको रूपमा रूपान्तरित भइसकेका छन् । ती ९० शैया कोभिडका बिरामीले भरिएका छन् ।
बार्हखरी बाट सभार










