२० भदौ, काठमाडौं । लुम्बिनी विकास कोषले पूर्वमिलेमतोअनुसार नै नै ठेक्का लाग्ने भएको छ । १० जेठ २०७८ गते कोषले आहृवान गरेको ४ वटा टेन्डरमा प्रतिस्पर्धा सीमित गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ नै विरोधमा उत्रिएको थियो ।
तर, कोषले विरोधकै बीचमा पनि ठेक्का प्रक्रिया अघि बढाउँदै आइतबार बोलपत्रको ‘आर्थिक मूल्यांकन’ सकेर छनोट भएका कम्पनीको सूची सार्वजनिक गरेको छ ।

करिब साढे ३ अर्ब लागत अनुमानको ठेक्का मिलेमतोमा करिब ३ अर्ब १० करोडमा लाग्ने निश्चत भएको हो । समान्यतयाः ठूला ठेक्कामा ३० प्रतिशतसम्म कम मूल्यमा ठेक्का लाग्ने भएपनि मिलेमतोकै कारण करिब लागत अनुमानमा ३० करोड मात्रै घटेर ठेक्का लगाउन लागिएको हो ।
शुरूबाटै विकास कोष स्रोतले ०८/०७७/७८ नम्बरको ठेक्का लुम्बिनी-अनक-खड्का कृष्ण जेभी कम्पनीलाई पर्ने तय भएको स्रोतको दावी गर्दै आएको थियो । ०९/०७७/७८ लामा-एपेक्स-कमलजीत जेभी र १०/०७७/७८ नम्बरको ठेक्का रमन-गजुरमुखी-रामजानकी जेभी कम्पनीलाई पर्ने कोषकै अधिकारीहरुले बताएका थिए । ठेक्का ११/०७७/७८ भने खानी-अर्घाखाँची-बाबुल जेभी कम्पनीलाई पर्ने भनिएको थियो । प्राविधिक प्रस्तावमा पास हुने वास्तविक कम्पनी १३ वटा हुने र वाइबा निर्माण कम्पनी प्राविधिक प्रस्तावमा पास भएपनि ठेक्का नपाउने स्रोतको










