नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा दैनिक १ सय ४० सिलिन्डर अक्सिजन उत्पादन हुन थालेको छ ।
प्रतिसिलिन्डर ४६ लिटर दरमा १ सय ४० सिलिन्डर उत्पादन क्षमताको डुप्लेक्स पिएसए अक्सिजन जेनेरेटर सिस्टम मंगलबारबाट संचालनमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार अक्सिजन जेनेरेटर सिस्टमको अवलोकन गरेका छन् । अक्सिजन जेनेरेटर सिस्टम अवलोकन गर्दै महानिरीक्षक क्षेत्रीले समूहगत रुपमा लडेर मात्र कोरोना महामारीलाई परास्त गर्न सहज हुने बताए ।
अन्लाइन खबर बाट सभार










