बैशाख २१, खोटाङ ।
खोटाङ जिल्ला सदरमुकाम दिक्तेलका दुई पूरुषमा न्यु भेरियन्ट सहितको कोरोना भाइरस कोभिड–१९ पूष्टि भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर एक र दुईका पूरुषलाई कोरोना भाइरस पुष्टि भएको हो । आजै चार जनाको एन्टीजेन टेष्ट गरिएकोमा २ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।
पिसियार परिक्षण गर्न बाँकी रहेतापनी एन्टिजेनलाई नेपाल सरकारले मान्यता दिइएको जिल्ला अस्पताल खोटाङका निमित्त सुपरिटेन्डेन डा.बैभव माल्लिकले जानकारी दिए । पिसियार बराबरकै एन्टिजेनले मान्यता पाएको डा. माल्लिकले बताए ।
नगरपालिकाका कर्मचारी ३५ वर्षीय पुरुष वडा नम्वर दुईका गूरुङ थरका हुन् । यसैगरी दिक्तेलका २१ वर्षीय पुरुष पाण्डे थरका रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्य प्रसाद सिग्देलले बताए ।










