बैशाख २१,खोटाङ

जिल्ला अस्पताल खोटाङमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । सोमबार सुचना जारी गद्रै अस्पतालले दोस्रो लहरको कोरोना माहामारीलाई मध्यनजर राख्दै अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालको बाहिरंग विभाग विहान १० वजेदेखि मध्यान्न १२ वजेसम्म खुल्ने जनाएको छ । दिर्घरोगीहरुको नियमित रगत जाँच बन्द गरिएको छ ।
जिल्ला अस्पतालमा अत्याधिक भिडभाड हुने हुँदा विरामीको चापलाई न्युनिकरण गर्ने हेतुकासाथ अत्यावश्यक विरामीलाई मात्र सेवा प्रदान गरिने जनाएको छ










