Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गौतमले छाडे ओलीको साथ, गौतमलागे नेपालको पछी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 20, 2021

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् ।

गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को बिहीबार भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्था मध्यनजर गर्दै नेपालले नेतृत्व गरेको एमाले समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको उनको सचिवालय सदस्य शैलेन्द्र राउतले बताए ।

नेता गौतमले भर्चुअल बैठकमा अब नेपाल पक्षमा लगेर वामपन्थीबीचको एकता आफ्नो नेतृत्वमा गर्ने बताएका छन् । अबको डेढ वर्षमा एमालेबाहेकको वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिने दाबी गौतमले गरेका छन् ।

आफू केपी ओलीतर्फ गएको तर उनले कुनै जिम्मेवारी नै नदिएको आरोप उनले लगाए । ‘माधव नेपाल नेतृत्वको पार्टीको बैठकमा म सबैभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस् । उहाँले दिनुहुन्छ, मलाई विश्वास छ’ गौतमले भने, ‘केपी ओलीतिर गएँ नि, केपी ओलीले त जिम्मै दिएनन् । मैले जिम्मेवारी मागेका थिएँ ।

तर माधव नेपालतिर गएपछि मलाई दिनुहुन्छ ।’ बैठकमा सहभागीमध्ये केहीले माधव नेपालकै पार्टीमा सामेल हुनुपर्ने प्रस्ताव राखेका थिए भने केहीले एकता अभियानमै रहनुपर्ने अडान लिएका थिए । युवा संघद्वारा एमाले समाजवादीमा समाहित हुने निर्णय यता, युवा संघ नेपालले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको छ ।

संघ एमाले समाजवादी पार्टीमा गोलबद्ध हुन देशभरिका नेता, कार्यकर्तालाई अपिलसमेत गरेको छ । संघका अध्यक्ष नरेश शाहीको अध्यक्षमा संघका उपलब्ध पदाधिकारी र विभागीय प्रमुख÷उपप्रमुखको सहभागितामा बसेको बैठकले एमाले समाजवादी पार्टीमा समाहित हुने निर्णय गरेको संघका उपमहासचिव एवं प्रवक्ता सञ्जीप राईले बताए ।

यस्तै, बैठकले संघको झन्डा रातो पृष्ठभूमिमा सेतो पाँचकुने तारा तीन कुनामाथि र दुई कुना तल फर्केको राख्ने निर्णय गरेको छ ।

‘यात्रा समृद्धिको, लक्ष्य समाजवादको’ मूल नारा राख्ने निर्णय बैठकले गरेको छ । संघको केन्द्रीय कमिटीको विस्तारित बैठक ११ र १२ भाद्रमा काठमाडौंमा हुनेछ । सो बैठकमा सातवटै प्रदेश कमिटीका पदाधिकारी जिल्ला अध्यक्ष, सचिव र महिला विभाग प्रमुख, केन्द्रीय निकाय सहभागी हुनेछ ।

५ भाद्र शनिबार बिहान ८ बजे महिनाको २ दिनको २ घण्टा, राष्ट्रलाई अभियानअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसर सरसफाइ कार्यक्रम राख्ने निर्णय बैठकले गरेको छ ।

एमालेमा फर्किन ओलीको आह्वान
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी)मा लागेका नेताकार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् । एमाले भक्तपुर जिल्ला कमिटीमाले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले समाजवादीको लिस्टमा नाम रहेका नेतालाई त्यहाँबाट आफ्नो नाम हटाएर एमालेमै फर्किन आह्वान गरेका हुन् ।

निर्वाचन आयोगमा नेपालले बुझाएको नामावलीबाट आफ्नो नाम हटाएर एमालेमा फर्किन उनले सार्वजनिक रूपमा आह्वान गरेका हुन् । ‘त्यो लिस्टबाट नाम हटाउनुस् । तपाईं हामीले बनाएको पार्टी हो यो, कसैको व्यक्तिगत स्वार्थ र कुण्ठामा पार्टीलाई बर्बाद पार्नुहुन्न । अप्ठ्यारो नमानी घोषणा गरिदिनुस् । पार्टीमा आउनुस्, काम गरौं । देशको भविष्य बनाउने अभियानमा लागौं,’ ओलीले भने ।

भ्रममा परेकाहरूलाई सम्झाउन पार्टी पंक्तिलाई आह्वान गर्दै उनले भने, ‘साथीहरूलाई भ्रममा नपर्न आग्रह गर्छु । यदि कही कतै भ्रममा परेको, अलमलमा परेको साथी भेटिन्छ भने सम्झाउनुस् ।’ पूर्वप्रधानमन्त्री समेत रहेका एमाले समाजवादीका अध्यक्ष नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि ओली नेपालविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

ओलीले पार्टी विभाजनले एमालेमा एकछिन ग्रहण लागेजस्तो मात्र भएको बताए । पार्टी विभाजन सूर्यमा बादल लागेजस्तो, ग्रहण लागेजस्तो मात्र भएको टिप्पणी उनले गरे । ‘हिजो कोही समातेर घिसाउँदै र घिसारिँदै हिँडे, संसारमा कुनै पात नझर्ने रूख हुँदैन । हामीमा त्यस्तै भयो,’ उनले भने ।यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved