Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देशभर समानान्तर कमिटी गठन गर्दै नेपाल पक्ष

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 11, 2021
सुभाष शाह, काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम अघि बढाउने निष्कर्षमा नेपाल पक्ष पुगेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकताका लागि छलफल चल्दैगर्दा ‘एकपक्षीय रूपमा विधान महाधिवेशन गर्न खोजेको’ भन्दै नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन रणनीति बनाएको छ ।

अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने र अध्यक्षलाई शक्तिशाली बनाउन ओली पक्षले विधान नै संशोधन गर्न खोजेपछि नेपाल पक्षले पार्टी एकताको आधार समाप्त भएकोसमेत जनाएको छ ।

सोमबारको स्थायी र केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित गरेको ओली पक्ष २७ र २८ भदौमा विधान महाधिवेशन गर्दै छ । नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले ओली पक्षको गतिविधिले एकता सम्भावना नरहेको औंल्याए ।

ओली पक्षको एकपक्षीय विधान संशोधन र विधान महाधिवेशनलगायत क्रियाकलापले एकता जोगाउनभन्दा विभाजनउन्मुख रहेको खतिवडाले बताए । ‘केपी ओलीहरूले पार्टी विभाजन गर्ने गतिविधि रोक्नुभएन, एकताका लागि छलफल चल्दैगर्दा एकपक्षीय मनलाग्दी विधान संशोधन गर्न खोज्नुले विभाजन हुन्छ,’ खतिवडाले भने, ‘अब हामी केन्द्रदेखि स्थानीय तहसम्म पार्टीसहित जनवर्गीय संगठनको समानान्तर कमिटी बनाउँदै अघि बढने छौं ।’

स्रोतका अनुसार वरिष्ठ नेता नेपालले आफूपक्षीय नेतालाई देशभर पार्टीका साथै जनवर्गीय संगठनको समानान्तर कमिटी गठनसहित संगठन विस्तार गर्न आन्तरिक निर्देशन दिइसकेका छन् । ओली पक्षका नेता प्रदिप ज्ञवालीले एकताका नाममा पार्टी गतिविधि ‘अब रोक्न नसकिने’ प्रस्ट पारे ।

एकताबद्ध बनाउने नाममा पार्टी गतिविधि रोकेर कुर्नसक्ने सम्भावना नरहेको बताउँदै उनले विधान महाधिवेशन तोकिएकै समय हुने दाबी गरे । ‘पार्टी एकताका नाममा अनेक सर्त आउने र एकता नै गर्न नचाहेपछि कसरी हुन्छ? पार्टी गतिविधि रोकेर एकताबद्ध हुँदैन, १०बुँदे सहमतिअनुसार पार्टीले निर्णय गरेर अघि बढिसकेपछि अब बैठकमा सहभागी हुनुपर्ने हो,’ ज्ञवालीले भने, ‘केही साथी एमालेभित्र बस्नै नचाहेकाले उहाँहरूलाई जबर्जस्ती ल्याउन सकिँदैन । एमालेमै रहने र काम गर्ने विषयमा कसैलाई रोक लगाइएको छैन ।’ राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved