वैशाख २०, काठमाडौं ।
मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्न थाले पछि नेपाल सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साझ बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते राति १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

सीसीएमसीको सिफारिशमा आन्तरिक उडान बन्द गर्ने निर्णय भएको जनाएको छ । त्यस्तै, वैशाख २२ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने भएका छन् । भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।










