– दिपेश श्रेष्ठ
२०४६ साल पछी नेपालमा राजनितिक परिवर्तन पक्का आएको हो, निर्दलिय ब्यवस्थालाई लखेटेर बहुदलिय ब्यवस्था ल्याइयो त्यो पनि जनताको बहुदलिय जनवद जो मदन भण्डारीको नाम लाई चर्चित गराउने एक थियो ।

एकल सासन प्रणालीले देशमा निमुखा र जनताले पढ्न र बोल्न पाउने अधिकार प्राप्ती तथा गरिव जनता उध्धोगपती साथै शोषित पीडित जनता देशको सर्बसत्तामा पुग्नो पर्छ भन्दै २०४८ देखिनै बाटरिदै २०५२ सालबाट भूमिगत राजनिती सुरुगरेको तत्कालिन नेकपा माओवादीले १२ बर्ष सशास्त्र द्वन्द्वमा १७००० गरिव,निमुखा र सोझा नागरिकले बलिदान दिए र २०६२/६३ को आन्दोल सगै शान्तीबार्ता मार्फत राष्ट्रिय राजनीतिमा आएको माओवादी हरुकै संलग्नतामा २४० बर्ष एकल शासन गरेको राजसस्थाको पूर्णविराम लगाउदै देश गणतान्त्रिक नयाँ नेपालमा पारीणत भयो।
किसानको छोरा छोरी राष्ट्रको प्रमुख पदमा रहेर राज्य सन्चालन गर्नपाउने बाटो खुल्यो , दसकौदेखी बन्दभएको आवाजहरु सदनमा बोल्नपाउने अधिकार पाइयो , देशमा छिटो बिकास होस भान्नको लागी देशलाई संघियतामा लगियो त्यसको फलस्वोरुप गाउ गाउमा सिंहदरबार बनाउने निर्णय भएसङै जनताले शान्ती, सुरक्षा र सुबिधा पाउने आश्वासन पनि छरियोको थियो ।
फलस्वोरुप १२ बर्ष एउटै एजेण्डा बोकेर देशमा अग्रगामी परिवर्तनको सपना सहित लडेको माओवादी पार्टी ४ फ्याक भएर फुट्यो, के सत्ता र कुर्सिकैलागी लडिमरेको रहेछ भन्ने पुष्टी गरेन त ?
भाग बण्डाकै कुरा न मिल्दा किरण , बिप्लब र बाबुराम जस्ता आसल मित्रहरुले प्रचण्डको साथछोडे आखिर खास कारण के थियो त ?
हिजोका दिन प्रचण्ड बच्चाउनोकोलागी छातीमा गोली थाप्न तयार लहनु चौधरी जस्ता ब्यक्तिहरु किन आज पार्टीपङ्ती सँग आसन्तुस्त छ ?
स्कुले बालबालिका सम्म प्रयोग गरेर ल्याएको गणतन्त्रमा घाइते,अपाङ्ग र ब्यपत्ताको परिवारले किन सरापिरहनो परेको छ माओवादीका नेत्रित्वकर्ताहरुलाई , माओवादीलाई आफ्नो सन्तानको बलिदिएर आको गणतन्त्रमा तिनिहरुले के महसुस गरे त ?
धिक्कारछ ति देशको परिवर्तन गर्ने भन्दै १७००० को बलिदन चाढाउने ति जिउदो लासहरुलाई , नेताहरुको जीवनस्तर फेरियो तर जनाताको अवस्था जिउकातिउ छ ।
देशमा साच्चिकै जनताको बहुदलिए जनवादको लागि चासोसहित एमाले आघिबढेको हो भने किन जनताको जीवनस्थर फेरिएन ? बारम्बार पद र कुर्सिकैलागी किन पार्टिभित्र सधैं भद्रगोल मात्रा मच्चिरहन्छ ? मदन भण्डारीको नामले एमाले बाच्ने, हरेक नेताले नाम मात्र लिने कि जनतापनी सोच्ने ?
के मनमोहन, गणेश जस्ता जननेताले सिकाएको पाठ यहि थियो ? के आहिलेको अवस्थामा जनताले उनिहरुकै नामले तपाईंहरुलाई भोटदेलान त ?
राणा शासनकालको ब्यापक बिरोधीहरु नेपाली राजनितिमा नेताहरु थुप्रै जन्मिएपनी मुख्यत बि पि कोइरालाई मानिन्छ जो नेपाली राजनितिक ईतिहास मा तिनै एक पुरुषहुन जो पहिलो जननीर्वाचित प्रधानमन्त्री हुन ।
पटक पटक राज्य सन्चालनको स्वाद चाख्दा चाख्दैपनी १२ बर्षे सशास्त्र समुहलाई शान्ती प्रकृया मार्फत राष्ट्रिय राजनितिमा ल्याउन सफल आर्का काङ्रेस नेताहुन गिरिजा प्रशाद कोइराला।
काङ्रेसमा निस्वार्थ जनाताको सेवागर्ने गणेशमान, सुशिल तथा कृष्ण प्रशाद जस्ता ब्यक्तिपनी नभएको भने हैन, राणा सासन बिरुद्धको आन्दोलनमा यातनाकै कारण जिब्रोमा असर परेका तत्कालिन विद्यार्थीनेता शेरबहादुर देउवा हाल ५ औ पटक देशको प्रधानमन्त्री छन तर पनि देश र जनताले खुशीको सास फेर्न भने पाको छैन ।
जनताको छोरा छोरीले देशमा शासन गर्नपाउने ब्यवस्था भयपछी शाहीद पत्नी बिद्या देवी भण्डारी महिला राष्ट्रपती छिन तरपनी देशमा महिल हिसा घट्नोको सट्टा दिनानोदिन बढीरहेको छ, के यही हो जनताको बहुदलिय जनबाद भनेको ? जनताले कसरी आभास गर्ने शान्ती सुरक्षा जनताले आझै भुज्नसकेको छैन ।
बेरोजगारहरुले रोजगार पाएको छैन,द्वन्द पीडित अपाङ्गहरुले उपचार पाएको छैन, जो जस्ले सरकार सन्चालन गरेपनी जनताले महागिको सामना गरिरहनो परेको छ ,अब भन्नोस जनताको बहुदलिय जनबाद कस्कालागी आयो ? गणतन्त्र कस्कालागी आयो ? संघियताको फाईदा कुन जनताको लागि सहुलिएत को पाटो बन्यो ? त्यसैले देशमा अझै परिवर्तन आको छैन,आयो त केवल ब्यक्तिमा र उस्को जीवनमा मात्रा गरिव जनताको लागि परिवर्तन २ टाउको १ पेटे चरा जस्तो मात्रा भयको छ ।










