देवीका वली ” श्रेष्ठ ”
को कुन पार्टीको? को कुन दलको र को कुन संगठनको ब्यक्ति रहोस तर पहिलो कुरा राष्ट्र र राष्ट्रीयताको बिषयमा अडिग रहि अडान कसेर बोल्छ त्यो महत्वपुर्ण मानिन्छ।

दलित समुदायबाट सयौँ ब्यक्तिहरु आफ्नो समुदायको हकहित र आफ्नो अस्थित्वको लागि लड्नेभनेर संघ संस्था खोलेर लागिपरेको छ तर पनि समुदाय भित्रको एकता नहुँदा २१औँ शताब्दिमा पनि पशुजन्य व्यवहारबाट पिडितनै छ भने केहि अगुवाहरुको जीवनस्थर रातारात फेरिएको छ।
मधेसवादी दर्जनौँ पार्टी र कयौँ संघसंस्थाहरु छन् जो मधेसिजनताहरुको हक हितकोलागि लड्छौँ र बोल्छौँ भनने तर २०४६ सालपछिको राजनितिक ईतिहासलाई केलाउने हो भने पटक पटक मन्त्रि रहेपनि नपुगेर ललिता निवासको जग्गासमेत हडप्न सफल मधेसि नेताहरु आजा रेशम चौधरिको निम्ति चुक्क बोल्न चाहँदैन,
किन कि रेशम जेलमुक्त भए आफ्नोभागमा पर्ने जुनसुकै अवसरहरुमा घाटाहुने देखेर निकाल्न मान्दैन।
मानिसलाई जिउदै जलाउने अपराधिलाई छुटाउने योजनामा सरकार अग्रसर हुन्छ ।
जातिय बिभेदकै कारण हातपाउ बाँधि जनप्रतिनिधिकै संलग्नतामा दिनदहाडै ६/६जनाको हत्याराको संरक्षक ब्यक्ति राष्ट्रको उच्च ओहोदामा रहन्छ अब सरकार संग जनताले के आशा गर्ने ?
दिन दहाडै छिमेकि देसले सिमा मिचेर आफ्नो नागरिकलाई आफ्नै देसमा सरणार्थि बनाउदा सम्म प्रसासन बोलदै ,
छिमेकिको सुरक्ष्याकर्मिले आफ्नो नागरिकलाई बलत्कारलगरि हत्या गर्छ तरपनि सुरक्ष्यनिकायको आँखा र कान दुबै खुलदैन भने भन्नोस अब राष्ट्रियता खोज्न काहा जाने ?
कमलरि प्रथा उन्मुलनको लागि बोलदा बारम्बार आवाज उठाउदा प्रसासनको तारो बनेको तथा स्थानिय जनताको ज्यान बचाउनको लागि आवाज उठाउदा कुनै ब्यक्ति बिशेषबनाउदै आरोप र परत्यारोपगर्ने अनबिज्ञ युवा जमातहरुले कहिले बुझ्ने राष्ट्रियता ??
थारु समुदायको एक महिलाले राष्ट्र र राष्ट्रियताको लागि बोल्न सक्छ तर तिनै भेगको नामकहलिएको पुरुषगनिने नपुङ्सक नेताहरु कुर्सिको लागि सत्तामा मरिहत्ते गरिरहन्छ,,
तसर्थ यउटि गंगा थारुलाई किन यो देसमा बास दिनु बरु यिनलाई भारत लखेटौँ। तेस्तै देसको असिमित भुमिहिन सुकुम्वासिहरुको लागि लडिरहेको शान्ता चौधरिलाई भुमाफिया घोषणा गरि तिनलाई पनि देस निकाला गरुम,, गंगा र शान्ता दुबै देशद्रोही र जनबिरोधी हो, दुबैको नागरिकता जफत गरौ , अनि त यो देसमा अलि शान्त होला कि ??










