Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इचङ्गुनारायणमा प्रयोगविहीन अवस्थामा सार्वजनिक भवन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 28, 2021

काठमाडौं।इचङ्गुनारायणमा निर्माण गरिएको सार्वजनिक भवन सञ्चालन विधि यकिन नहुँदा समस्या उत्पन्न भएको छ । सात वर्षअघि २०७१ सालमा मुख्य गरी बागमती नदी किनारलगायतमा बसोबास गरेका सुकुम्बासी तथा सहरी गरिबको बसोबासका लागि भनेर भवन निर्माण गरिएको थियो तर अहिले सो भवन अलपत्र बनेको छ ।

सुकुम्बासी र सहरी गरिबका लागि भनेर निर्माण गरिएको मुलुकको यो पहिलो सार्वजनिक भवन समेत हो । करिब छ रोपनी क्षेत्रफलमा निर्मित सो सार्वजनिक भवनमा सुकुम्बासी र सहरी गरिबहरूलाई कसरी बसोबास गराउने विषयमा अझै पनि सहरी विकास मन्त्रालय टुङ्गोमा पुग्न सकेको छैन । निर्माण सम्पन्न भएकै वर्ष ठेकेदार कम्पनीले सहरी विकास मन्त्रालयलाई भवन हस्तान्तरण गरेको थियो ।

सुन्दर, सभ्य र व्यवस्थित सहरको निर्माण तथा सहरी गरिब जथाभावी सार्वजनिक स्थलमा बसोबास नगरुन् भन्ने उद्देश्यसहित निर्माण गरिएको सो भवन सम्बन्धित निकायले समयमा निर्णय नलिँदा लक्ष्यअनुसार उपलब्धि हासिल हुन सकेको छैन ।

सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले अहिलेसम्म सुकुम्बासी तथा सहरी गरिबको पहिचान हुन नसकेको बताए । आवश्यक मापदण्ड तथा कार्यविधिको अभावमा भवन सञ्चालनमा आउन नसकेको उनको भनाई छ ।

उनले भने “भवनमा सहरी गरिब र सुकुम्बासीलाई बसोबास गराई सञ्चालनमा ल्याउन धेरै प्रयास भएको हो । बसोबास गराउनुअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गरिब र सुकुम्बासीको वर्गीकरण हुनुपथ्र्यो तर अहिलेसम्म हुन सकेको छैन ।”

भवन सहरी विकास मन्त्रालयले निर्माण गरेको हो । भवनमा बसोबास गराउनेको वर्गीकरण जिम्मेवारी भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भएको उनले स्पष्ट पारे।

सुरुमा राजधानीस्थित सुन्दरीघाटका सुकुम्बासीलाई बसोबास गराउन सो भवन निर्माण गर्ने भनिएको थियो । त्यसपछि राजधानीका खोला किनारमा अव्यवस्थित बस्तीलाई सो स्थानमा स्थानान्तरण गर्ने बताइए पनि त्यो काम सात वर्षमा पनि हुन सकेको छैन ।

गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved