Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विकास अव्यवस्थित हुँनाले विपत् बढ्यो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भूगोल र वातावरणअनुसार विकास निर्माण नहुँदा विपत् बढिरहेको बताएका छन् । सङ्घीय संसद्को राज्य व्यवस्था समितिमा विपत् व्यवस्थापन, उद्धार तथा राहतका विषयमा आयोजित बैठकमा उनले गृह मन्त्रालयले विपत् व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।

गृहमन्त्री खाँडले भने “आमनागरिकको सुरक्षा एवं विपत्मा परेर अकालमै कसैको मृत्यु नहोस् भन्ने कुरामा सरकार गम्भीर र प्राथमिकताका काम गरेको छ, विकास निर्माण वातावरणीय रूपमा हेर्नुभन्दा पनि जसरी भए पनि विकास गर्ने होडबाजीलाई हामीले पुनः विचार गर्नुपर्ने छ, काम गराइको तरिकालाई मूल्याङ्कन गर्नुपर्ने अवस्था छ ।”

त्यस अवसरमा मन्त्री खाँणले नदी र चुरेको उत्खननले गम्भीर समस्या ल्याउँछ भन्नेमा सरकार गम्भीर रहेको चर्चा गरे । विपत् अकल्पनीय हुने उनको भनाइ छ । बैठकमा सांसदहरूले विपत् व्यवस्थापनको पूर्वतयारी, उद्धार, राहत वितरण तर पुनः स्थापनाका बारेमा गृहमन्त्रालयले गरिरहेको काम प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए ।

मनसुनजन्य विपत्का घटनामा यस वर्ष हालसम्म ६१ जनाको मृत्यु भएको छ । पछिल्लो एक महिना तीन दिनको अवधिमा बाढी, पहिरो तथा वर्षका कारण जनधनको क्षति भएको हो । हालसम्म बाढी, पहिरो र अविरल वर्षाका घटना ३३२ वटा भएका छन् । गृह मन्त्रालयका अनुसार गत जेठ २८ देखि असार ३१ गतेसम्म मनसुनजन्य विपत्का घटनामा ३५ जना बेपत्ता तथा ३२ जना घाइते छन् भने विस्थापित परिवारको सङ्ख्या ९०८ पुगेको छ ।

गृह मन्त्रालयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा ६३ वटा बाढी, १४४ वटा पहिरो र अविरल वर्षा १२३ रहेका छन् । मृत्यु हुनेमा बाढीबाट २८, पहिरोबाट २६ र अविरल वर्षाबाट सात रहेका छन् । बाढीमा बेपत्ता हुनेको सङ्ख्या २९ छ भने छ जना पहिरोमा अझै बेपत्ता छन् ।

बाढीबाट घाइते हुनेका सङ्ख्या १९ छ भने विस्थापित हुने परिवार सङ्ख्या ८६४ रहेको छ । पहिरोमा घाइते हुनेको सङ्ख्या २७ छ भने ४४ परिवार पहिरोबाट विस्थापित भएका छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved