Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आफू पराजित हुने भएपछि सभापतिमा गगन थापालाई अघि सार्दै ,नेता पौडेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 27, 2021

‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरूले मलाई सहयोग गर्नुपर्‍यो । मलाई शेरबहादुर ९शेरबहादुर देउवा जीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’

२०४६ सालको राजनीतिक परिवर्तनपछि पार्टी राजनीतिको केन्द्रमा रहँदै आएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार निकटहरूसँग १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गर्दै राखेको धारणा हो यो ।

पार्टीका विभिन्न तह हुँदै कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरेका पौडेलले प्रतिनिधिसभाको सभामुख र मुलुकको उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । संसदीय दलको नेता बनेका पौडेल प्रधानमन्त्रीको उम्मेदवार बने पनि प्रधानमन्त्री भने बन्न सकेका छैनन् । कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गर्दै उनी १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार पनि बने तर निकटहरू मिलाउन नसक्दा जित निकाल्न असफल भए ।

१३औं महाधिवेशनमा शेरबहादुर देउवासँग नेतृत्वमा पराजित पौडेलले १४औंबाट नेतृत्वमा पुग्ने आकांक्षासहित निकटहरूसँग सहयोगको हात बढाएका हुन्, त्यो पनि आफ्ना राजनीतिक समकक्षीसमेत रहेका सभापति देउवाले १४औं महाधिवेशनमा नेतृत्व दौड थालेलगत्तै ।

१३औं महाधिवेशनमा निकटहरू मिलाउन नसक्दा नेतृत्वमा पुग्न चुकेका पौडेललाई १४औं महाधिवेशनमा सबैलाई विश्वासमा लिएर उम्मेदवार बन्न झनै कठिन देखिएको छ, जसको संकेत शुक्रबार उनै पौडेलद्वारा आयोजित भेलाले दिएको छ । राजनीतिक जीवनको उत्तराद्र्धमा आइपुगेका पौडेललाई निकटहरूले आगामी महाधिवेशनमा नेतृत्वका लागि अघि बढ्न सुझाएनन् ।

महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शेखर कोइरालाले मात्र होइन, रामशरण महत, अर्जुननरसिंह केसी र सुजाता कोइरालाले आफैं मैदानमा खडा हुने भन्दै पौडेललाई प्रतिस्पर्धा नगर्न सुझाए । त्यति मात्र होइन, पार्टीभित्र युवा भनिएका पहिलो र दोस्रो तहका नेताहरूले एउटै साझा उम्मेदवार नदिए आफैं नेतृत्वको प्रतिस्पर्धामा उत्रिने दाबी गरे ।

कोइराला परिवारबाट महामन्त्री शशांक र नेता शेखर एकअर्का नै सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् । नेता पौडेल मात्रै होइनन्, भाइ शशांकलाई पनि नेतृत्व प्रतिस्पर्धामा नछाड्नेगरी तयारी थालेका शेखर आगामी महाधिवेशनमा कुनै हालतमा सभापतिको उम्मेदवारी दिने पक्षमा छन् ।

शशांकले पनि उम्मेदवार बन्ने बताइरहँदा कोइराला परिवारबाटै कांग्रेस सभापतिका लागि दुई उम्मेदवार हुने त होइन भन्ने आशंका उब्जिरहेका बेला पार्टीका शीर्ष नेता पौडेललाई संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बन्ने कुरा निकै कठिन रहेको निकटहरू बताउँछन् ।

अझ देउवाबाट नचलेको पार्टी अब पौडेलबाट पनि चल्न सक्दैन भन्दै पूर्वमहामन्त्री सिंह पनि नेतृत्वको दौडमा खुलेर उत्रिँदा पौडेल थप अप्ठेरोमा परेका छन् । नेता तथा कार्यकर्ताले देउवा र पौडेलको विकल्प खोजिरहेको बताउँदै सिंहले शुक्रबारको भेलामा भनेका थिए, ‘मान्छेहरू भन्छन्– शेरबहादुर देउवाजीबाट पार्टी चलेन । रामचन्द्र दाइबाट पनि चल्दैन ।

म नेविसंघबाट राजनीति गरेर आएको हुँ । म लिगेसीबाट मात्र आएको होइन । त्यसैले मलाई सबैले सहयोग गर्नुपर्‍यो ।’ त्यति मात्र होइन, पूर्वसहमहामन्त्रीसमेत रहेका केसीले ६० वर्षमुनिकालाई पार्टी नेतृत्व दिनुपर्ने भन्दै सहमतिबाट एउटा मात्र उम्मेदवार दिन नसके नेतृत्व प्रतिस्पर्धामा रहेका सबै नेता सल्लाहकार बस्नुपर्ने तर्क गरे । सबै नेतृत्वको प्रतिस्पर्धामा उत्रिने भनेको आत्महत्या गर्नुजस्तो हुने उनको तर्क थियो ।

‘वर्तमान सभापति शेरबहादुर देउवाले फेरि नेतृत्वको प्रतिस्पर्धा गर्छु भनिरहेका बेला हामीले उहाँ ९रामचन्द्र पौडेल० लाई उम्मेदवार बन्न पाउनुहुन्न भनेका छैनौं,’ केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘पौडेल दाइले सबैलाई मिलाएर जान सके ठीक छ । उहाँले त्यसमा क्षमता देखाउनुपर्‍यो । त्यो भएन भने उहाँले मैदान छाड्नुपर्छ ।’ नागरिक दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved