Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 1, 2025

काठमाडौं । अछाम-बाजुरा निर्वाचन क्षेत्र नम्बर ७२ का पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर (बूढथापा)को योगदानमा आधारित स्मृतिग्रन्थ लोकार्पण भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उक्त स्मृतिग्रन्थ सार्वजनिक भएको हो ।

राजनीतिज्ञ एवं समाजसेवी बूढथापाको जीवनी र योगदानमा आधारित स्मृतिग्रन्थ नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले स्मृतिग्रन्थ विमोचन गरे। स्मृतिग्रन्थ लोकार्पण गर्दै प्रमुख अतिथि बडूले दिलबहादुर कुँवर बूढथापाको योगदान परिवार समाज र सुदूरपश्चिम क्षेत्र मात्र नभई सिंगो देशको सम्पत्ति भएको बताए ।

उनले भने, ‘दिलबहादुर कुँवर बूढथापाको राजनीतिमा मात्र होइन, सामाजिक रूपान्तरणमा पनि ठूलो भूमिका छ ।  राणा शासनको जर्जर अवस्थामा घरमै विद्यालय खोल्ने कुरा अद्भूत र क्रान्तिकारी कदमको हो ।’

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले अछाम बाजुराका प्रथम सांसद दिलबहादुरका  इतिहासको जगेर्ना गर्दै यसलाई लिपिबद्ध गर्नुपर्ने आवश्यकता रहेकोमा उक्त कामले पूर्णता पाएको भन्दै हर्ष व्यक्त गरे ।

‘अछाम जिल्लामा मालपोत कार्यालय ल्याउनको लागि उहाँको अहम् भूमिका थियो । उहाँले तत्कालीन समयमा अछामका पाँच सय बढी युवाहरूलाई लिएर डोटीको पुरै बजारमा तालाबन्दी गर्ने आन्दोलनको नेतृत्व पनि उहाँले गर्नुभएको थियो । अछामको बयालपाटामा विद्यालय, श्रीकोट लगायतका स्थानमा विद्यालय स्थापनामा समेत उहाँको महत्वपूर्ण भूमिका थियो ।’, उनले भने ।

पुर्खाको इतिहासलाई सम्मान र संरक्षण गर्दै अघि बढ्न नयाँ पुस्ताका लागि पनि यो ग्रन्थ महत्वपूर्ण हुने उनको विश्वास छ । स्मृतिग्रन्थ सार्वजनिकीकरण समारोहका अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुलबहादुर कुँवरले पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर बूढथापाबाट समाजसेवा, भ्रष्टाचार विरोधी अभियानले आफूहरूलाई समेत समाजसेवा गर्ने प्रेरणा मिलेको उल्लेख गरे ।

स्मृतिग्रन्थको समीक्षा गर्दै वरिष्ठ साहित्यकार प्रमोद दाहालले यो पुस्तक इतिहासका विद्यार्थीले पिएचडीमा शोधपत्र गर्न सक्नेस्तरको रहेको बताए ।

उनले स्मृतिग्रन्थमा अधिकांश नयाँ र रोचक ऐतिहासिक तथ्यहरू उजागर भएको समेत उल्लेख गरे ।

दिलबहादुर कुँवर (बूढथापा)का ज्येष्ठ सुपुत्र पूर्वराजदूत बलबहादुर कुँवरले मृत प्रायः यस गौरवमय इतिहासको उत्खनन गरी यसलाई जीवन्त राख्ने सानो प्रयास गरेको बताए । भावी पिँढीका लागि एक प्रेरणाको स्रोत बनोस् भन्ने कामना समेत गरे ।

सांसद बूढथापाले वि.सं. २०१५ सालको निर्वाचनमा अछाम बाजुरा निर्वाचन क्षेत्र नम्बर ७२ बाट तत्कालीन सेती महाकालीक्षेत्रमै सर्वाधिक मत ९ हजार ६ सय ५ ल्याएर विजयी भएको भएको थियो । उनी नेपाली कांग्रेस अछामको निर्वाचित प्रथम सभापति समेत बनेका थिए ।

वि।सं २०१७ सालमा सम्पन्न नेपाली कांग्रेसको सातौं केन्द्रीय महाधिवेशनबाट बिपी कोइरालाको अध्यक्षतामा गठित ३२ सदस्यीय केन्द्रीय कार्यसमितिको सदस्य समेत चुनिएका थिए ।

दिलबहादुर कुँवर (बूढथापा)का ज्येष्ठ सुपुत्र पूर्वराजदूत बलबहादुर कुँवर र बुहारी शान्ता कुँवर श्रेष्ठले उनको  जीवनी, राजनीतिक यात्रा, समाजसुधार र योगदानमा आधारित स्मृतिग्रन्थ प्रकाशित गरेका हुन् ।

स्मृतिग्रन्थको प्रधानसम्पादक विमल भौकाजी हुन् । सम्पादक मण्डलमा शेरबहादुर कुँवर, प्रेमबहादुर कुँवर र कुलबहादुर कुँवर छन् ।

पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर बूढथापा वि.सं. १९६४ असार १७ गते जन्मिएका उनको वि.सं. २०५९ भदौ २९ गते भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

बेहाेस भएका मतदान अधिकृतकाे मृत्यु

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved