काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा चलचित्र कलाकार एवम् निर्देशक भिमा मैनाली नियुक्त भएकी छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट मैनालीलाई सदस्य नियुक्ती गरिएको हो ।
बिगत दुई दशक भन्दा लामो समय देखि चलचित्र क्षेत्रमा सक्रिय भिमा मैनाली ओस्कार कलेज अफ फिल्म स्टडिजबाट चलचित्र लेखन निर्देशनमा स्नातक हुन् । थुप्रै लघु चलचित्र एवम् बृत्तचित्र निर्देशन गरेकी उनले बृत्तचित्र काँचो बायुबाट १२ औं संस्करणको नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४ मा उत्कृष्ट बृत्तचित्र एवम् निर्देशकको अवार्ड समेत जितेकी थिईन् ।

उनले करिब चार दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् । यसअघि सेन्सर बोर्डको सदस्यमा सम्पन्न श्रेष्ठ नियुक्त भइसकेका छन् । भने वभिन्न टेलि चलचित्रहरुमा सकेत अब्बल अभिनय छ।










