Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सङ्गीतकार एवं गायक गणेश रसिकलाई अमरभावना राष्ट्रिय स्रष्टा सम्मान प्रदान, बर्ष गीत पुस्तक पुरस्कारमा हिमांशुकाे “काेलाज गीत”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2025

काठमाडौ । गीतकार सङ्घ नेपालको १६ औं स्थाापना दिवसको अवसरमा वरिष्ठ गीतकार, सङ्गीतकार एवं गायक गणेश रसिकलाई अमरभावना राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिएको छ । बुधबार पिंगलास्थान स्थित वेष्ट वेष्टर्न प्लस होटलमा आयोजित एक भव्य समारोहमा सर्जक/कलाकार रसिकलाई नगद रु.१ लाख ५१ हजार सहित सम्मान गर्ने कार्यक्रम भए पनि अस्वस्थताको कारण उपस्थित हुन नसकेपछि औपचारिक कार्यक्रम पश्चात सङ्घका अध्यक्ष वसन्त बित्याशी थापा सहितको टोलीले रसिककै निवासमा पुगेर सो सम्मान अर्पण गरेको थियो । रसिकका नखेल्नु जुवा र तास, घरबेटी नानी आँगनीमा देऊ न मलाई बास, रातो भाले क्वायँक क्वायँक जस्ता गीतहरु लोकप्रिय छन् ।

त्यस्तै यस वर्षको डायस्पोरा गीतकार सम्मानबाट दिलिप योञ्जन तामाङलाई सम्मानित गरिएको छ । अमेरिकाको टेक्सासमा बसोबास गरिरहेका गीतकार योञ्जनलाई नगद रु.१५ हजार सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । विदेशमा बसेर नेपाली गीत-सङ्गीतको क्षेत्रमा उल्लेख्य काम गरे बापत सर्जक योञ्जनलाई सो सम्मान अर्पण गरिएको थाहा भएको छ ।

समारोहमा यस वर्षको विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मानबाट मगर भाषाका गीतकार सञ्जोग लाफा मगरलाई नगद रु. २५ हजार २ सय ५२ सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यस्तै बौद्धिक सम्पत्तिको संरक्षण गर्नका लागि प्रतिलिपि अधिकार ऐनलाई कार्यान्वयन गर्न उल्लेख्य योगदान पुर्याए बापत काठमाण्डौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङलाई बौद्धिक सम्पत्ति संरक्षण सम्मान प्रदान गरिएको छ । गीतकार तामाङलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सङ्घमा आवद्ध सदस्यहरुमध्ये ८० वर्ष काटेका विशिष्ट गीतकार हरिभक्त बुढाथोकीलाई नगद रु. ५ हजार ५ सय ५१ सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । सङ्घका आजीवन सदस्य गीतकार एलेन ठुलेले सङ्घको कार्यालयको लागि जिन्सी सामान सहयोग गरे बापत सङ्घले उनलाई पनि कदर पत्र र दोसल्लाओढाएर सम्मान गरेको छ ।

गीतकार सङ्घ नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरवनाथ रिमाल कदम वर्ष गीत पुरस्कारका लागि उत्कृष्ट दशमा परेका गीतहरु मध्ये अघिल्ला वर्षहरुमा झैं यसपटक पनि २ गीत प्रथम भएका छन् । प्रथम भएका २ गीतका रचनाकार डा. ओमकृष्ण प्रसाई र ध्रुव खनाललाई प्रथम पुरस्कारको राशी रु. ५७ हजार दामासाहीमा प्रदान गरिएको छ । म त सिधा साधा छु – डा.ओम कृष्ण प्रसाई, कुन दैबको साइतमा जन्मेछु – ध्रुव खनाल, आमा– डम्बर यक्सो, मुटुमा सजाई राखें – मनुहाङ किराँती सोलु, आमा तिमी भगवानको – राम भट्टराई, अरवी सपना – सुरेश थापा, कोपिलाको पुकार – सरला श्रेष्ठ, साकेला सिलिमा नाचौंला–अमरदीप सुनुवार, न त तिमी फूल हौ– सुनिता बस्नेत थापा र तिमीलाई के भनि – सरोज अर्याल उत्कृष्ट १० मा परेका थिए ।

यसैगरी वर्ष गीत पुस्तक पुरस्कारका लागि अन्तिम छनोटमा परेका उत्कृष्ट ३ पुस्तक कोलाज गीत – हिमांशु राय, अंशियार – त्रिविक्रम पाण्डे, साईमा स्यामुना – दिलिप राई सगर मध्येबाट पनि त्रिबिक्रम पाण्डे र हिमांशु राय दुईजनाको पुस्तक सर्वोत्कृष्ट ठहरिएको थियो । प्रथम पुरस्कारको राशी रु. ५७ हजार दुबै पुस्तकका लेखकलाई दामासाही रुपमा प्रदान गरिएको थियो । गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्याशी थापाको अध्यक्षता एवं नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोह प्रसिद्ध रेडियोकर्मी हेम सुवेदीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved