Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पगडी फिल्मका नायक रन्धिर कुमार सहनीका डबिङ्ग सुरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 28, 2025

मेवालाल यादव। भोजपुरी भाषामा निर्माण भइरहेको सामाजिक फिल्म ‘पगडी’ को डबिङ कार्य सुरु भइसकेको छ। फिल्मका नायक रन्धिर कुमार सहनी को समेत डबिङ्ग कार्य तीव्र गतिमा अगाडि बढिरहेको निर्माता पक्षले जनाएको छ। झन्डै १५ दिनअघि छायांकन कार्य सम्पन्न भएसँगै डबिङ कार्य सुरु गरिएको हो।

फिल्मका निर्माता कृष्ण मनि झा ले ‘पगडी’ फिल्मले भोजपुरी समाजमा रहेका पुराना, हानिकारक तथा अपराधजन्य कुरीति–कुसंस्कारहरूमाथि चोट पुर्‍याउने उद्देश्य राखेको बताए। विशेषगरी छुवाछूत, बालबिवाह, दहेज प्रथा, भ्रूण हत्या, मिटरब्याज जस्ता सामाजिक समस्याहरूमाथि गम्भीर सन्देश दिन खोजिएको छ।

‘पगडी’ फिल्मको सम्पूर्ण छायांकन कार्य रौतहट जिल्ला भित्र सम्पन्न गरिएको हो। फिल्म सुधीर इन्टरटेन्मेन्ट प्रा.लि. र के. एम. फिल्म को संयुक्त ब्यानरमा निर्माण भइरहेको छ। फिल्मको निर्देशन गोविन्द ठाकुर ले गरेका हुन्। यस चलचित्रमा नायकको भूमिकामा रन्धिर कुमार सहनी देखिनेछन् भने, मुख्य अभिनेत्रीको भूमिकामा निभा यादव ले अभिनय गरेकी छन्। यस्तै गरी इमामुन राज, पवन साह, रामबाबु साह, अपर्णा झा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

छायांकन निर्देशक मेवालाल कुमार यादव का अनुसार यो चलचित्र समाजिक सन्देश दिने खालको भएकोले परिवारका सबै सदस्यसँगै बसेर हेर्न मिल्ने खालको निर्माण गरिएको छ। निर्देशक ठाकुरले स्थानिय कलाकारहरूलाई प्राथमिकता दिँदै अभिनय गराइएको जानकारी दिएका छन्।

फिल्मको डबिङ प्रक्रिया सम्पन्न भएपछि छिट्टै प्रदर्शन मिति सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। पगडी फिल्म दर्शकबीच भोजपुरी सिनेमाको नयाँ पहिचान स्थापित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved