Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकार र राजावादी दुई पक्षबिच रस्साकस्सिकाे आन्दाेलन, कस्ताे छ त सुरक्षा तयारी ??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 28, 2025
काठमाडौं। नेकपा एमाले गणतन्त्रको उत्सव मानउने र राजवादीहरुले राजा फर्काउने अभियानको कार्यक्रम एकै साथ गर्दैछन्। सत्तामा रहेको पार्टी एमालेले जेठ १५ कै मितिलाई छानौट गरेर गणतन्त्र स्थापानाको उत्सव मनाउँदै छ भने राजावादीहरुले मंगलबार पत्रकार सम्मेलन गरेर शान्तिपूर्ण आन्दोलन गर्ने जानएका छन्।

पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी नेताहरुको समेत सहभागीमा प्रर्दशन हुन लागेको हो। राजावादीहरुले पनि उपत्यका बाहिरबाट समेत मानिसहरू ल्याएर काठमाडौंमा शक्ति प्रदर्शन गर्ने र आन्दोलनलाई काठामाडौ केन्द्रीत गर्ने भएका छन्।

तर उनीहरुले कुन ठाउँमा प्रर्दशन गर्ने भन्ने बारेमा अहिलेसम्म तय भैसकेको छैन। राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन निरन्तर जारी राख्ने उनीहरूको धम्की र सरकारमा रहेको एमालेको प्रर्दशनले मुठभेड निम्त्याउन सक्ने संभावना रहेको भन्दै सुरक्षा अंगले विशेष सजकता अपनाएको छ।

चैत १५ गते राजावादी समूहले गरेको हिसात्मक प्रर्दशनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष सजकता अपनाएका हुन्। यो विषयमा बुधबार विहान उपत्यका प्रहरी कार्यालयले सबै यूनिटलाई सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न निर्देशन दिएको छ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार बिहान उपत्यका प्रहरी कार्यालय मातहतका सबै कार्यालयका प्रमुखलाई बोलाएर सो निर्देशन दिएका हुन्। कार्यक्रममा काठमाडौं प्रहरी प्रमुख, ललितपुर प्रहरी प्रमुख र भक्तपुर प्रहरी प्रमुखहरुलाई चैत १५ नदोहोरियोस भन्ने निर्देशन दिएका थिए।

यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, विमानस्थल सुरक्षा कार्यालयका प्रमुख र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पनि छलफलमा सहभागी गराइएको थियो।

कार्यक्रममा एआईजी टेकबहादुर तामाङले काठमाडौं उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्र पङ्त्तिमा खटिने प्रहरी कर्मचारीलाई सामूहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले काम गर्न निर्देशन दिएका थिए।

बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको ख्याल गर्न पनि तामाङले इन्चार्जहरुलाई निर्देशन दिएका छन्। यसअघि चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेको थियो। त्यतिबेला प्रहरीको भूमिकामा प्रश्न उठेको थियो।

प्रहरीले गलत समयमा बल प्रयोग गरेको र जतिबेला क्षति भयो त्यसलाई रोक्न नसकेको भन्दै आलोचना भएको थियो। जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बसेको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले सुरक्षा व्यवस्था कडा भएको बताए। ‘काठमाडौको तथा देशभरको सुुरक्षामा नेपाल प्रहरीले ध्यान दिएको छ, सुरक्षा व्यवस्था कडा छ’, एसएसपी थापाले भने।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टी पङ्तिलाई गणतन्त्र दिवस मनाउन सडकमा आउन निर्देशन दिएका थिए। उनले त्यस दिन काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएपछि विपक्षीहरुले आलोचना समेत गरेका छन्।

यो अभिव्यक्तिले एमाले र राजावादीबीच मुठभेड हुनसक्ने संभावना समेत रहेकोमा सुरक्षा निकाय थप सजक भएको हो। बिहीबार काठमाडौंमा हुने दुई समूहको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जलाई निर्देशन दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved