Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मन्त्री कुशवाहाका कारण अध्यक्ष राउतमाथि प्रश्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 24, 2025

मेवालाल यादव,राैतहट। मधेश प्रदेशमा राजनीतिक दोहोरो मापदण्डको पछिल्लो उदाहरणको रुपमा जनमत पार्टीले गरेका पछिल्ला क्रियाकलाप सार्वजनिक चासोको विषय बनेका छन्। केही समयअघि जनकपुरमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर राजेश कुशवाहलाई भ्रष्टाचारको आरोपमा जनमत पार्टीका कार्यकर्ताहरूले सार्वजनिक रूपमा कालोमोसो दलेर सडकमा घुमाएका थिए। उक्त घटनाले प्रदेशभर चर्चा पाएको थियो र भ्रष्टाचारविरुद्ध पार्टीको कडा अडानको सन्देश दिएको थियो।

तर, एउटा कहावत छ “कहिले नाउँ पानीमा, कहिले पानी नाउँमा” भन्ने नेपाली उखान अहिले जनमत पार्टीकै आन्तरिक व्यवहारमा मेल खाएको देखिन्छ। रौतहटको बौधीमाई नगरपालिका–५ स्थित कोपवा छठ घाटमा भएको निर्माण कार्यमा देखिएको अनियमितता र शक्तिको दुरुपयोगले पार्टी नेतृत्वको नैतिकता र निष्पक्षता माथि गम्भीर प्रश्न उठाएको छ।

यस निर्माण कार्यका लागि जनमत पार्टीका उपाध्यक्ष तथा पुर्व कृषि मन्त्री (हालका पर्यटन मन्त्री) बसन्त कुशवाहाले निजी कोषबाट ४० लाख रुपैयाँ उपभोक्ता समितिमार्फत प्रदान गरेका थिए। तर, स्रोतका अनुसार निर्माण कार्यमा न त उपभोक्ता समितिका सदस्यहरूको उपस्थिति थियो, न त कानुनी प्रक्रिया पालना गरिएको थियो ।

मन्त्री कुशवाहाका भाइ सुबन्त कुशवाह र स्वकीय सचिव अर्जुन कुशवाहाले निर्माणको अग्रसरता लिएको पाइएपछि यो कार्य ‘भ्रष्टाचार’ वा ‘नीजि लाभको खोजी’ भित्र पर्न सक्ने देखिन्छ थिए ।
जनमत पार्टीले भ्रष्टाचारविरुद्ध सार्वजनिक रूपमा उभिएर इन्जिनियरमाथि गरिएको कठोर कारबाहीको तुलना गर्दा, आफ्नै पार्टीका नेताद्वारा भएको सम्भावित अनियमितताप्रति मौनता र त्यस्ता व्यक्तिलाई पुनः मन्त्रीमा नियुक्त गर्ने निर्णयले पार्टी नेतृत्वको नीति र नैतिकतामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तरता दिने भने पनि यस्ता घटनाले नेतृत्वको निष्पक्षता, पारदर्शिता र उत्तरदायित्वलाई कमजोर बनाउँदै लगेको विश्लेषकहरूको भनाइ रहेकोे छ।।

यदि भ्रष्टाचारविरुद्धको नारा केवल विपक्षीमाथि प्रयोग हुने हतियार बनेर रहन्छ भने, यस्ता दोहोरो मापदण्डले जनमत पार्टीको विश्वसनीयता र जनसमर्थनमा दीर्घकालीन असर पार्न सकने अवस्था आएको छ । जनमत पार्टीले पारदर्शिता र उत्तरदायित्वको उच्च उदाहरण कायम गर्न चाहन्छ भने आफ्नै पंक्तिभित्र हुने अनियमितता र शक्तिको दुरुपयोगमाथि पनि निष्पक्ष रूपमा कारबाही गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved