रास्वपा सांसद तोसिमा कार्की लेख्छिन्, ” जनताको प्रतिनिधि हुँ। आमसमुदायको प्रश्न मुखारित गर्दैछु: भिजिट भिसा प्रकरण अब अध्यागमनको मात्र गडबडी होइन — यो गृहमन्त्रीकै सचिवालयबाट सञ्चालित मानव तस्करी र भ्रष्टाचारको सिण्डिकेटको रुपमा प्रमाण र तथ्यहरू सन्चारमाध्यममा छताछुल्ल हुँदैछन् ।
– अध्यागमनमा दररेटमा कर्मचारी सरुवा गरिन्छ,
– तिनै कर्मचारीमार्फत दैनिक ५० लाखको असुली हुन्छ,
– र त्यो पैसा सिधा गृहमन्त्रालय हुँदै मन्त्रीको सचिवालय पुग्छ।

जब जनताको जनधनको सुरक्षा लिनुपर्ने निकायद्वारा नै राज्यको संयन्त्र प्रयोग गरेर जनताको छोराछोरी बेचिन्छन्, अनि गृहमन्त्री र उनको सचिवालय नै संलग्न हुन्छ भने यो भन्दा ठूलो अपराधको अर्को नमुना कुन चाहिन्छ ?
र यस्तो अवस्थामा आरोपित मन्त्रीलाई कुर्सीमा राखिरहनु भनेको मन्त्रिपरिषद्बाटै यो अपराधलाई अनुमोदन गर्नु हो।
अब छानबिनको भाषण होइन, कारबाही चाहिन्छ। जनतालाई गुमराहमा नराखि गृहमन्त्रीलाई तुरन्त बर्खास्त गरी सत्य तथ्य र प्रमाणमा आधारित अनुसन्धान र कारवाही अघि बढाउन माग गर्दछु।
यदि प्रधानमन्त्री सहित सत्तारुड दुई दल मौन रहनछन् भने, यो स्वयम् सरकारको, संसदको, संविधानको र जनताको अपमान मात्र होइन यो संगठित अपराध हो।










