Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पहिचानवादी मोर्चा स्थापनाको एक बर्ष पुरा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 11, 2025

काठमाडौं । पहिचानवादी मोर्चा स्थापनाको एक बर्ष पुगेको छ । २०८१ वैशाख २७ गतेका दिन स्थापना भएको मोर्चाले हिजाे  शनिबार ललितपुर थसिखेलस्थित कार्यालयमा पहिलो बार्षिक उत्सव मनाएको हो ।

जसपा नेपाल लगायत विभिन्न राजनैतिक दलहरुबाट स्वतन्त्र भई पहिचान पक्षधरहरुले पहिचानवादी पार्टी निर्माणको निमित्त अन्य संगठनहरुसँग जोडिदै जाने भनी प्रोफेसर डा. महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा बनेको हो ।

मोर्चाको बार्षिक उत्सवमा बोल्दै नेता खगेन्द्र माखिमले यो मोर्चामा सबै अटाउने र नयाँ राजनीतिक पार्टी निर्माण गर्दै देश जिम्मा लिने बताउनु भयो । त्यसैगरी डा. मित्र परियार, महिला नेत्री सरू सिंगकले माेर्चा निर्माणबारे प्रष्ट पारेका थिए ।

शनिबार आयोजित कार्यक्रममा नेकपा धर्मेन्द्र बास्तोला, बरिष्ठ पत्रकार भवानी बराल,  नेपाल जनमुक्ति पार्टी, नाउपा, नागरिक पहिलो अभियानका भुपेन्द्र नेम्बाङ लगायत विभिन्न संघ संगठन र राजनैतिक दलका नेताहरुले मोर्चालाई शुभकामना दिएका थिए ।

मोर्चाकै पहलमा चार संगठनले संयुक्त पहिचानवादी मोर्चा गरेको छ । नेपाल जनमुक्ति पार्टी, नाउपा, प्रदेश नं. १, प्रदेश नं. १ पुनः नामाकरण अभियान समिति र मोर्चाले नयाँ राजनीति पार्टी निर्माणको कार्य दिशा निर्माण गर्दै नयाँ पहिचानवादी पार्टी बनाउनेगरी मोर्चा बनेको नेताहरुले स्थापना दिवसमा खुलासा गरेका छन् । अब एक्लै एक्लै गएर गन्तव्यमा नपुगिने भएको हुँदा पहिचानको पक्षमा उभिएका पार्टीहरु मिल्नुको विकल्प नभएको उनूहरुले बताए ।

कार्यक्रम मोर्चाका आर्थिक संयोजक पूर्व मेजर असिम पालुङवाको स्वागत मन्तव्य तथा पहिचानवादी मोर्चा उपत्यका समितिका संयोजक टेक लावतीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved