डिकेन्द्र बस्नेत, झापा । बैशाख-नेकपा (एकीकृत समाजबादी) झापाको १० औं जिल्ला अधिबेशनको उदघाटन समारोहमा नरेश खरेलसहित १० जना पुराना बामपंथी नेताहरु सम्मानित भएका छन् ।
एकीकृत समाजबादीका सम्मानित नेता तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालले नेता खरेलसहित इन्द्रबहादुर बुढाथोकी, इन्द्रसिङ राजबंशी, जनार्दन उप्रेती, देबि बराल, पुन्यप्रसाद खरेल, गंगा ओली, ताराराज ओली, तारा रुचाल र पुन्य नेपाललाई समारोहमा सम्मान गर्नुभएको हो । खरेल नेकपा (एमाले) को तर्फबाट झापाबाट निर्बाचित सासद हुन। लामो समय एमालेको केन्द्रीय नेतृत्व तहमा बसेर काम गरिसकेका खरेल १८ बर्ष लामो बन्दी जीवन बिताईसकेका झापाली कम्युनिस्ट आन्दोलनका अगुवा हुन् ।
सम्मान ग्रहणपछि समारोहमा नेता खरेलले नेपाली कम्युनिस्ट आन्दोलनको मोडालिटी कमजोर बन्दै गएको चिन्ता व्यक्त गर्नुभयो। नेता खरेलले जिन्दगीको उर्वर समय बामपंथी आन्दोलनमै समर्पण गरेको कथन गर्नुहुदै नेपालको समाजवाद आन्दोलनलाई नेतृत्व गर्ने हिम्मत अझै रहेको बताउनुभयो । अहिले म राजनीतिक जिम्मेवारबाट बाहिर रहेको बताउनु हुँदै नेता खरेलले भने-म कहिल्यै निरासा भएको छैन । हार खाएको छैन ।

आज (शनिबार) बिर्तामोड स्थित इन्द्रेणी ब्याङकेटमा सुरु भएको अधिबेशन आइतबार सम्पन्न हुनेछ । अधिबेशनको उदघाटन समारोहमा एकीकृत समाजबादी झापाका इन्चार्ज पुष्पराज पोख्रेल, कोशी प्रदेश अध्यक्ष सरिता खड्का, पोलिटब्युरो सदस्य अशेस घिमिरे, महेश रेग्मी, दुर्गा परिवार, सचिब बलदेव चौधरी, उपमहासचिव एबम कोशी प्रदेशका पुर्ब मुख्यमन्त्री राजेन्द्र राई, उपाध्यक्ष जगन्नाथ खतिवडा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियोे ।
जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा र सम्मानित नेता तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यता थियोे । उपाध्यक्ष प्रत्युस रानाले स्वागत गर्नु भएको कार्यक्रममा सचिब बिपि भट्टराईले संचालन गर्नु भएको थियोे ।
अधिबेशनमा ४ सय बढी प्रतिनिधिहरु सहभागी छन् । आईतवार बन्द सत्रमा आगामी नेतृत्व चयन गर्ने छ ।










