Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 9, 2025

काठमाडौं ।  चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ।

चलचित्रको लेखन तथा निर्देशन पुराना निर्देशक रिम विश्वकर्माले गर्दैछन् । निर्देशक विश्वकर्माले यस चलचित्रलाई ‘ड्रिम प्रोजेक्ट’ को रुपमा लिएको बताए । उनले भने, –‘मैले यसअघि पनि केही चलचित्र बनाएको थिएँ, तर यो प्रोजेक्ट मेरो लागि डेब्यु निर्देशन जस्तै हुनेछ। यसका पछाडी केहि कारण छन्, त्यो म पछि खुलाउनेछु ।’ रेडलाइन्स फिल्म प्रा.लि. को ब्यानरमा निर्माण हुने यस चलचत्रिलाई पी.बी. थापाले एकल रुपमा लगानी गर्दैछन् ।

निर्माता थापाले यो चलचित्रको कथा र यसले उठान गर्ने विषयप्रति गहिरो रुपमा प्रभावित भएका कारण लगानी गर्न तयार भएको जनाए । थापाले भने, ‘नेपाली दर्शकले पहिलोपटक फरक स्वादको एक गहिरो प्रेमकथा अनुभव गर्नेछन्। बाँकी कुरा सुभमुहुर्त कार्यक्रममा बोल्नेछौं ।’ फिल्मको मुख्य पात्र राजकुमारी को भूमिकाका लागि अभिनेत्रीको छनोट प्रक्रिया जारी रहेको जनाइएको छ ।

निर्माण टिमले केही चर्चित अभिनेत्रीहरूसँग कुराकानी गरिरहेको भएपनि मुख्य अभिनेत्री को हुने भन्ने बिषय टुंगोमा नपुगेको निर्देशक विश्वकर्माले बताए । यद्यपि, चलचित्रका अन्य कलाकार र प्राविधिक टोलीको चयन लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ। चलचित्रको छायांकन प्रक्रिया केही महिनाभित्र सुरु गरिने गरी प्रि–प्रोडक्सनको काम भैरहेको बुझिएको छ । निर्देशक विश्वकर्माका आगामी भदौसम्म फ्लोरमा जानेगरी तयारी भइरहेको छ ।

चलचित्रको प्रदर्शन मिति भने अहिलेसम्म फाइनल गरिएको छैन । टाइटल अनुसार चलचित्र राजपरिवारसँग नजिक रहेर बन्न सक्ने अनुमान गर्न सकिन्छ । तर, निर्माण टिमले यसको कथावस्तु पूर्ण रूपमा खुलाएको छैन । निर्माण टिमले दर्शकलाई सस्पेन्समा राख्दै सबै विवरण चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ । निर्देशक विश्वकर्माको चलचित्र ‘हेल्लो काँशीराम’ आगामी जेठ २ गते देशव्यापी प्रदर्शनमा आउँदैछ।

उनले पछिल्ला वर्षमा निर्देशनमा सक्रियता बढाएका छन् र ‘राजकुमारी’ मार्फत आफूलाई पूर्णरूपमा निर्देशकको रुपमा स्थापित गर्ने दाबी गरेका छन्। नेपाली चलचित्र उद्योगमा नवप्रवेशी ऊर्जा र मौलिक कथावस्तुको खोजी भइरहेको बेला ‘राजकुमारी’ ले नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ। चलचत्रिको काठमाडौंमा अधिघकांश छायांकन हुनेछ भने अन्य केहि दृश्य मुस्ताङ, पोखरा लगायतका क्षेत्रमा पनि खिच्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved