Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पाकिस्तानले देशमा द्वन्द्व गराईरहँदा भाजपा नेता भगतसिंह नेपालमा , के यिनलाई देशकाे भन्दा छिमेकिकाे मायाँ बढि??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 9, 2025

काठमाडौँ । पछिल्लोपटक भारतीय नेताहरुको एकपछि अर्को भ्रमण भइरहेको छ । केही दिन अघि भारतीय खुविया संस्था (रअ) का उच्च अधिकारीले भ्रमण गरेर फर्कनासाथ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले तीनदिने भ्रमण गरेर फर्किए । चौथाइवाले फर्केको एक साता नपुग्दै भाजपा नेता भगतसिंह कोश्यारी नेपाल आइपुगेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनौपचारिक दूतका रुपमा भाजपाका नेता कोश्यारी नेपाल भ्रमणमा आएको बताइन्छ।उनलाई नेपालको राजनीतिक परिस्थितिबारे बुझ्न पठाइएको स्रोतले बतायो।

बिहीवार काठमाडौं उत्रनासाथ कोश्यारीले राजनीतिक भेटघाट सुरु गरेका छन् ।

कोश्यारी उत्तराखण्डका पूर्वमुख्यमन्त्री हुन् भने नेपाल भारतबीच गठन भएको प्रबुद्ध समूहका भारतका तर्फबाट संयोजक हुन्। उनी सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली मध्येका एक नेता हुन्।

भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला कोश्यारीले सत्ता र विपक्षी नेताहरुलाई भेटेका हुन् । नेपालसँगको खुला सीमा आतंकवादीहरुले दुरुपयोग गर्न सक्ने भन्दै कोश्यारीले गृहमन्त्री रमेश लेखकसँग सुरक्षास्थितिका बारेमा संवाद गरेका थिए ।

कोश्यारीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलाटारस्थित उनकै निवासमा पुगेर भेटघाट गरेपछि साँझ गृहमन्त्री रमेश लेखकसँग मन्त्री निवासमा डिनरसहित भेटघाट भएको थियो ।

कोश्यारीले कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ। तर कोश्यारीले राप्रपा अध्यक्षसँग भेट गर्नेबारे बिहीबार साँझसम्म तय भएको छैन।

चौथाईवाले पछि भएको कोश्यारीको भ्रमणलाई भारतले नेपाल नीतिका सम्बन्धमा लिने भावी रणनीतिसँग जोडिएको बुझिन्छ। उनीपछि पनि भारतीय सत्तारुढ दलका तर्फमा उच्च तहको भ्रमण हुने कार्यतालिका रहेको स्रोत बताउँछ।

पाकिस्तानले भारतस्थित कास्मिरको पहलगाममा अप्रिल २२ गते आक्रमण गरेको थियो। उक्त आक्रमणको जवाफ भारतले गत मंगलबार दिएपछि उनीहरु द्वन्द्व र भयको आशंकाको अवस्थामा छन्। त्यसप्रति नेपालको सद्भाव लिनु पनि कोश्यारी भ्रमणको उद्देश्य रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved