Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समुदायका लागि एकलै संघर्ष गरेका ती डा. गाेपाल गुरुङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 8, 2025

डाक्टर गोपाल गुरुङ (१९४०–२०१६) एक प्रखर पहिचानवादी नेता, लेखक, पत्रकार र मानवअधिकारकर्मी थिए। उनले नेपालको आदिवासी जनजाति, विशेष गरी गुरुङ लगायतका समुदायहरूको हक, अधिकार र पहिचानका लागि लामो समयसम्म आवाज उठाउँदै आए। उनी “जनजातीय आन्दोलन” का प्रारम्भिक अगुवामध्ये एक मानिन्छन्।

यहाँ डाक्टर गोपाल गुरुङका बारेमा मुख्य जानकारीहरू प्रस्तुत गरिएको छ:

बुबा भीम बहादुर गुरुङ र आमा धनकुमारि गुरुङकाे काेखबाट १९४० सालमा कास्किकाे अर्मलेमा जन्मिएका थिए डाक्टर गाेपाल गुरुङ, बाल्यकाल र माध्यमिक शिक्षा पाेखरामै सकेर गाेपाल गरुङ उच्च शिक्षाका लागि भारत पसेका ब्यक्ति हुन्।
उनि भारतमा अध्ययनकाे क्रममा पनि अङ्ग्रेजीमा उच्च दक्षता राख्दथे। भने, पत्रकारितामा समेत उनको गहिरो लगाव थियो।
गाेपाले केही समयसम्म पत्रकारिता गरे। र त्यसबाटै नेपालका मंगाेलियन नागरिकहरुमा चेतनाकाे बिकासमा प्रयास गरे नेपालका सामाजिक, जातीय र राजनीतिक संरचनाको आलोचना गर्दै लेख लेख्ने गरेकाे पाइन्छ।

हिडन फ्याक्ट इन नेप्लिज पाेलिटिक्स जस्ता पुस्तकहरू लेखेर उनले नेपाली समाजमा रहेका जातीय विभेद, शासकीय अनाचार र बहुसंख्यक बनाम अल्पसंख्यकको द्वन्द्वबारे चर्चा गरेका थिए। भने यी सबबाट नेपालकाे राजनितिज्ञहरुबाट आदीवासि,भुमिपुत्र मंगाेलहरुकाे बिषयमा चासाे नराखेपछि अन्तत नेपालमा “Mongol National Organisation (MNO)” नाम राखेर पहिचानवादी पार्टी स्थापना गरेका थिए। यस पार्टिकाे मुख्य उद्देश्य नेपालका आदिवासी जनजातिहरूको हक, अधिकार र पहिचानका लागि संघर्ष गर्नु मुख्य एजेण्डा थियाे।

उनको विचारमा नेपालमा हिन्दू भनिनेहरुकाे उच्च प्रभुत्वका कारण अन्य जातजाति भर्म बर्गका मानिसहरु दमनमा परेका थिए र त्यसको अन्त्यका लागि संघीयता, धर्मनिरपेक्षता र जातीय पहिचान आधारित अधिकार सुनिश्चित गर्नुपर्ने उनकाे एजेण्डाहरु भित्रका मुख्या एजेण्डा थियाे।

गोपाल गुरुङले आफूलाई “मंगोल” भनेर चिनाउँथे र नेपालका थुप्रै आदिवासी जनजातिहरूलाई मंगोल मूलका भनेर एकतावद्ध गर्न पनि उनले MNO काे गठन गरेका थिए। पञ्चायती शासन ब्यवस्थाकाे बिराेध र लाेकतन्त्रकाे लागि बाेल्दा गुरुङ धेरै पटक जेल समेत परेका थिए।

उनका विचारहरू केही मानिसहरूका लागि अत्यन्त प्रगतिशील लाग्थे भने केहीले उनलाई अतिवादी मानेका थिए। धर्म र जातको सवालमा उनले जुन प्रकारले खुला र स्पष्ट रूपमा बोल्थे त्यसले नेपालमा बहसलाई नयाँ दिशा देखाउँथ्याे।

तर, हिन्दु बर्णाश्रमबाट सञ्चालित नेपालकाे शासन प्रणालिले गाेपाल गुरुङकाे याेजना र भिजनलाई तिरस्कार मात्र गर्याे, उनकाे याेजनाहरु नेपालमा कुनै पनि स्थापित हुन नपाउँदै ०१६ सालमा भ यिनै महान बिचारक डाक्टर गाेपाल गुरुङकाे निधन भयाे।

गाेपाल गुरुङकाे मृत्यु पश्चात् MNO संगठनमा केही ब्यक्तिहरु स्वार्थिहुदै तिनै निर्वाचन नियमावलि अनुरुप खस आर्य सहित समेटेर MNO संगठनलाइ राजनितिक दलमा रुपान्तरण गर्दै चुनावि प्रणालिमा लागेपछि केही ब्यक्तिहरुले संगठनलाई फुटाउने निर्णय गरेर MNO-DGG भनी अहिले सम्म अर्धभुमिगत सैलिमा रहेर मंगाेलहरुकाे पक्षमा आवाजहरु उठाई रहेका छन्। याे MNO-DGG बाट समेत चाेइटिएर अर्काे टुक्रा बनिएकाे छ। अन्तत MNO,MNO-DGG र यसबाट असन्तुष्टि प्रकट गर्दै दर्ता भएकाे मंगाेल नेशनल अर्गनाइजेसन क्रान्तिकारि सबैकाे भिजन सृष्टिकर्ता भने तिनै महामानव डाक्टर गाेपालगुरुङ हुन्।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved