रबिन्द्र परियार। नेपालका चर्चित गायक तथा कम्पोजर सुशान्त केसीले छ महिना अगाडि आफ्नै युट्युब च्यानलमा ल्याएको थिए। सुपरहिट गीत बार्दली, उक्त गीतले हालसम्म युट्युबमा झन्डै ८ करोडको हाराहारीमा भ्युज बटुलिसकेको छ। उक्त गीत सफलताको शिखरमा चढ्दै गर्दा हालसालै यसै गीतको हिन्दी भर्जन बजारमा आएको छ।
गायक सुशान्त केसीको बार्दली गीतको हिन्दी भर्जन भने भारतकै सुप्रसिद्ध म्युजिक कम्पनी टि सिरिजले ल्याएको हो, चर्चित म्युजिक कम्पनी टि सिरिजले गायक सुशान्त केसीको बार्दली गीतलाई हिन्दी भर्जनमा (उफ) शीर्षक राखी गीत बजारमा ल्याएको छ। अहिले यो गीत हिन्दी भर्जनमा पनि उत्तिकै चर्चाको शिखरमा पुग्न सफल भएको छ। भारतकै प्रतिष्ठित कम्पनीले यसरी सुशान्त केसीसँग सहकार्य गर्नाले ,भारतले नेपाली स्रष्टा, कलाकार र नेपाली संगीतलाई कति महत्वको साथ हेर्दो रहेछ भन्ने कुरा प्रष्ट भएको छ।

भारतीय प्रतिष्ठित प्ल्याटफर्ममा यसरी नेपाली गीत गुन्जिनु र नेपाली गीतले महत्व पाउनु पक्कै पनि आम दर्शक र नेपाली संगीत पारखीको लागि खुसीको कुरा हो। बार्दली गीतको उक्त हिन्दी भर्जनमा यो समाचार बनाउँदासम्म , झन्डै १६ लाख भन्दा बढी पटक हेरिएको छ। त्यस्तै करिब दुई लाख भन्दा बढी लाइक र १३ हजारभन्दा बढी कमेन्ट गरेको देखिएको छ। भारत र नेपालका फ्यानहरूका सकारात्मक कमेन्टले यो गीतले नेपाली बजारमा मात्र नभई भारतमा पनि ठूलै हलचल मच्चाउने सम्भावना देखिएको छ। यद्यपि सुशान्त केसीको यो गीत नेपाली भर्जनमा ग्लोबल ट्रेनिङमा समेत परेको थियो।
हिन्दी भर्जनमा आएको यो गीतमा भने सुशान्त केसी र नायिका स्वस्तिमा खड्काको अभिनय देख्न सकिन्छ। त्यस्तै गायिका इन्द्रकला राईले गाएको गीतलाई भने जस्ताको त्यस्तै राखिएको छ। अहिले यो गीत युट्युबको ट्रेन्डिङ २ मा उग्लिएको छ भने लगातार भ्युज बढिरहेको छ। दर्शकको उत्साह, सकारात्मक कमेन्ट, सुशान्त केसीको भारतीय फ्यानको प्रभाव आदिलाई विचार गर्दा यो गीतले छिटा नै दशौँ करोड भिउज बटुल्ने पक्कापक्की देखिएको छ। यो भन्दा अगाडि पनि टि सिरिजले केही नेपाली गीतसँग सहकार्य गरेता पनि गायक सुशान्त केसीसँगको यो सहकार्यले नेपाली गीत संगीतले नेपालमा मात्र नभई भारतमा पनि पहिचान बनाउँदा सक्दो रहेछ भनेर सुशान्त केसीले प्रमाणित गरेका छन्।
लेखक : रविन्द्र परियार दोहोरी हिट्स युट्युब च्यानलका सञ्चालक हुन् भने यस online मार्फत साङ्तिगिक क्षेत्रका ब्यक्तित्वहरुकाे बारेमा कलम चलाउनुहुन्छ।










