रबिन्द्र परियार। अहिले पछिल्लो समय टिकटकमा एउटा गीत निकै भाइरल भइरहेको छ। मकैबारी दर्याम दर्याम, हरियो काँक्रो कर्याम कर्याम, सायद यो गीतमा टिकटक नबनाउने कोही पनि छैन होला। रातारात टिकटकमा हिट भएपछि, युट्युबमा पनि यो गीतले हालसम्म २२ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ। कहिलेकाहीँ फरक शब्द शैलीका गीत संगीत नेपाली बजारमा चल्ने गर्छन् र दर्शकले पनि फरक स्वाद सुन्न हेर्न मन पराउने गर्छन्, त्यही कुरालाई मध्यनजर गर्दै यस गीतका गायक सर्जक विशाल सोनीले केही दिन अगाडि मकैबारी दर्याम दर्याम गीत बजारमा ल्याएका थिए।
विशेषगरी युवा पुस्तामाझ लोकप्रिय बनेको यो गीतको शब्द अनि संगीतले धेरैको ध्यान खिचेको देखिन्छ। लोक झ्याउरे प्याटनमा बनेको यो गीतमा , शब्द विशाल सोनीको रहेको छ भने संगीत सन्दीप सेन्चुरीको रहेको छ। त्यसैगरी यस गीतमा स्वर गायक विशाल सनी र गायिका सुषमा शाही ठकुरीको रहेको छ। विशेषगरी मनोरञ्जनकै उद्देश्यले बनेको यो गीत अहिले टिकटकदेखि, युट्युबसँग भाइरल छ। विशाल सोनी लामो समयदेखि नेपाली लोक संगीत क्षेत्रमा संघर्षरत एक गायक हुन्, यस अघि पनि उनका धेरै गीत बजारमा आए तापनि मकैबारी दर्याम दर्यामले जति चर्चा कमाएका थिएनन्, हुन त यसअघि विशाल सोनीले बजारमा ल्याएको (कामी दाईको घनठोकाई)गीतले कहिँ कतै विवाद पनि उत्पन्न गराएको थियो।


तर दर्शकको मनोभावनालाई बुझी दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले गायक विशाल सोनीले ल्याएको नयाँ गीतले संगीत बजारमै हलचल मच्चाएको छ। र यो गीत अब करोड क्लबको प्रवेशद्वारमा छ भन्दा फरक पर्दैन। केही दिन यता यो गीत लगातार युट्युबको ट्रेनिङ १ मा परिरहेको छ। एक अन्तर्वार्तामा विशाल साेनीले बताएका छन्,यो गीत बनाउँदा सोचेको थिए कि त गीत एकदमै सुपरहिट हुन्छ कि त सुपर फ्लप, तर गीत दर्शकले मन पराउँदा खुसी छु।
हुन त नेपाली बजारमा अनौठो अनि फरक शब्द राखेर गीतहरू चलेका उदाहरण धेरै छन्, त्यसैमध्ये पर्छ यो गीत पनि, अब दर्शक नै सर्वस्व हुन् दर्शकले नै मन पराएपछि गीत नचल्ने कुरै भएन, जसरी यीभन्दा पहिला बजारमा आएका गीतहरू, अरेली काँडाले, म त ढले ढले, दुश्मन हेरेको हेरै, आदिले इतिहास रचेका थिए यो गीतले पनि त्यस्तै इतिहास रच्ने सम्भावना देखिएको छ। यो गीतलाई विशाल सोनी नामक युट्युब च्यानलमा गएर हेर्न सकिनेछ।
लेखक : रविन्द्र परियार दोहोरी हिट्स युट्युब च्यानलका सञ्चालक हुन् भने यस online मार्फत साङ्तिगिक क्षेत्रका ब्यक्तित्वहरुकाे बारेमा कलम चलाउनुहुन्छ।










