Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संविधान, गणतन्त्र र संघीयता कुनै दान होइन, यो हामीले हाम्रो रगतबाट खरिद गरेका हौं : पूर्व गृहराज्य मन्त्री अन्सारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 6, 2025

जनकपुर । मधेश फेरि बोल्न थालेको छ । तर, यो आवाज यसपटक केवल अधिकार माग्ने होइन, धोका दिनेहरूलाई चिनाउने, विश्वासघातको हिसाब माग्ने र वैकल्पिक नेतृत्व निर्माणको सङ्केत दिने स्वर बनेर आएको छ ।

नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी र नेपाल जनजागृति पार्टीको संयुक्त आयोजनामा शनिबार जनकपुरधाममा सम्पन्न अन्तरक्रिया कार्यक्रमले मधेशको राजनीतिक भावनामा जमेर बसेको असन्तोषलाई विस्फोटको रुपमा उजागर गर्यो ।

अन्तरक्रियामा विगत ३ दशकदेखि पटक–पटक आन्दोलनमा सहभागी भएर पनि अधिकारविहीन बनेका मधेशी जनताको तिक्त अनुभवको सामूहिक प्रस्तुति देखिएको थियो । सत्ताका दलालहरू, कथित मधेशवादीहरू, यथास्थितिवादीहरू र संविधानलाई कागज बनाउनेहरू सबैजना ती भाषणहरूमा कठघरामा थिए ।

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले भने, ‘संविधान, गणतन्त्र र संघीयता कुनै दान होइन, यो हामीले हाम्रो रगतबाट खरिद गरेका हौं ।’

उनले पूर्वराजा ज्ञानेन्द्रलाई नामै लिएर कटाक्ष गर्दै भने, ‘यो देशको संविधान मेट्न खोज्ने पूर्वराजाले जनताको बलिदानलाई उपहास गरिरहेका छन् । तर, जनताले जुन दिन उठ्ने निर्णय गर्छ, त्यो दिन उनीहरूको सपना होइन, अस्तित्व नै मेटिनेछ ।’

उनको भाषणमा केवल पूर्वराजा मात्र नभई वर्तमान सत्ता प्रणालीप्रति पनि गहिरो असन्तुष्टि थियो । ‘२०४६ मा आन्दोलन गरेर जनताको नाममा राजा राख्ने कांग्रेस र कम्युनिस्टहरूको आज पनि मानसिकता उस्तै छ । तिनले संविधानको रक्षा होइन, कब्जा गर्ने काम गरेका छन्,’ उनले भने ।उनले अगाडि थप्दै भने , ‘अब हाम्रो सहमतिविना न देश चल्न सक्छ, न मधेश । हामीलाई प्रतिनिधित्व छैन भने तपाईंहरूलाई वैधता छैन।

कार्यक्रममा बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकरज्यूले उत्पीडित जनताको मुक्ति र उत्पीडित जनतामाथि भइरहेको दमनलाई रोक्नका लागि र समानताको जगमा नेपाललाई उभ्याउनका लागि उत्पीडित जनताको आफ्नै राजनीतिक शक्तिको आवश्यकता रहेको बताउनुभएको छ।
नेपाल जनजागृति पार्टीका अध्यक्ष ध्रुव प्रसाद निसादले २ सयभन्दा बढी शहीदको रगत के उपेन्द्र यादव मन्त्री बनुन् भनेर बगाइएको थियो? भन्दै प्रश्न गरे । उनले मधेश आन्दोलनको इतिहासमै गम्भीर प्रश्न उठाए । ‘शहीदहरूको रगत सुक्न नपाउँदै सरकारमा जानु, मन्त्री बन्नु, अनि सत्तासँग घुलमेल हुनु — यसले मधेशी जनताको सपना झनै चकनाचुर बनाएको छ,’ उनले कटाक्ष गरे ।

निसादले थपे, ‘कथित मधेशवादीहरू सधैं सत्ताका सह–भोजी बने । मधेशको नाममा उनीहरूले आ–आफ्ना पेट भरे । तर, मधेश अझै रित्तै छ ।’

नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले पूर्वराजा ज्ञानेन्द्रमाथि कारबाहीको माग गरे । ‘संविधान विपरीत अभिव्यक्ति दिइरहेका पूर्वराजा ज्ञानेन्द्र अब कानुनी दायरामा आउनैपर्छ,’ उनले चेतावनी दिए ।

उनको आक्रोश सत्तारूढ दलहरूप्रति पनि उत्तिकै थियो । ‘उनीहरूले मधेशी जनतालाई केवल भोट बैंकको रूपमा हेरे । प्रतिनिधित्वको कुरा गर्दा बोर्डरमुनि जन्मिएका नागरिकलाई सधैं दोस्रो दर्जामा राखियो । यस्तो व्यवहार अब सह्य छैन,’ महतोले भने ।

कार्यक्रमको समापनमा आयोजक दलहरूले नयाँ राजनीतिक संरचना संघीय गणतान्त्रिक गठबन्धन घोषणा गर्ने निर्णय सुनाए । यस गठबन्धनको औपचारिक घोषणा बैशाख ४ गते पत्रकार सम्मेलन मार्फत गरिनेछ । जेठ १५ गते जनकपुरधाममा विशाल घोषणा सभा आयोजना गरिने बताइएको छ ।

नेताहरूले भने,

संघीय गणतान्त्रिक गठबन्धनले पहिलो चरणमा देशका १८ जिल्लामा जनजागरण अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ । अभियानको मूल नारा छ—‘भोट हमारा और राज तुम्हारा – अब नहीं चलेगा ।’

कार्यक्रममा पूर्वमन्त्री बिमला अन्सारीले भनिन्, ‘हामीलाई कुर्सी होइन, हाम्रो पहिचानको सम्मान चाहिएको हो । हामी शासन खोजिरहेका छैनौं, हामी अपमानको अन्त्य खोजिरहेका छौं ।’

उनले महिलाको शक्ति अपरिहार्य भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved