अबिन मेन्याङबाे,काठमाडौं । समाजवादी मोर्चा, नेपालले काठमाण्डौमा विशाल जनसभा र विरोध प्रदर्शन आयोजना गर्दैछ l उक्त कार्यक्रममा सहभागी बन्न अग्रगामी सबै शक्तिलाई आमूल परिवर्तन नागरिक पार्टीले आव्हान गरेको छ ।
आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामी चैत १५ गते (शुक्रवार) समाजवादी मोर्चाद्वारा आव्हान गरिएको जनसभामा आमूल परिवर्तन नागरिक पार्टीले समर्थन सहित एक्यवद्धता जनाएको छ।

यथास्थितिवादी र प्रतिगमनकारी तत्वहरू सक्रिय हुनथालेका छन् । आम उत्पीडित जनताको संघर्ष र २० औं हजारौंको बलिदानबाट प्राप्त संविधान र अधिकारलाई कमजोर पारेर जनताको अधिकार हत्याउन खोज्ने यस्ता प्रतिगमनकारी तत्वहरूको कुचेष्ठा र सडयंत्र विरुद्ध संघर्ष गर्नु आम दिदीबहिनी दाजुभाइको कर्तव्य हो। नेपालको राजनीति इतिहासमा पटकपटक २०औं हजार शहीदहरूको त्याग ,तपस्या ,बलिदान र आन्दोलनहरूले संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता समानुपातिक समावेशीता सहितको संवैधानिक अधिकार स्थापनामा भएको हो । सत्ता र शक्तिको आडमा सरकारमा पुगेका केही लोभिपापी एकाधिकारवादी यथास्थितिवादी र त्यसका पक्षपातीहरूको नालायकी कुशासन र जनविरोधी क्रियाकलापका कारण जनतामा असन्तोष र आक्रोश बढ्दै गएको देखेपछि, प्रतिक्रियावादीहरू सलबलाउनु र शक्तिशाली बन्दै जानु दुर्भाग्यपूर्ण भएको छ जसको क्रियाकलापले पछिल्लो वर्तमान परिस्थिति गणतन्त्रको रक्षा र देशको समृद्धिका लागि ठूलो चुनौती बढीरहेको सबैमा जगजाहेर छ । यसर्थ चैत १५ गते समाजवादी मोर्चा, नेपाल र अन्य सम्बद्ध दलहरूले गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षताको रक्षार्थ गरिएको जनसभामा आमूल परिवर्तन नागरिक पार्टीको तर्फबाट समर्थन र एक्यवद्धता गर्दै, आमूल परिवर्तन नागरिक पार्टीले सम्पुर्ण न्याय प्रेमी, देशभक्त र गणतन्त्रका पक्षधर शक्तिहरूलाई यस सभामा सहभागी हुन हार्दिक अनुरोध गरेको छ ।
आज मोर्चाका नेता महेन्द्र राय यादव लागयतको नेताहरुसंगको भेटघाटमा आमूल परिवर्तन नागरिक पार्टीको तर्फबाट पनि १५ गतेको आन्दोलनमा आफुहरुको सकृय सहभागीता रहने समेत बताउनुभएको छ।त्यस्तै उनले यो सबैको संघीय,लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको रक्षा सबैको दायित्व भएकोले मोर्चाले सबै पक्षलाई आव्हान गर्नु पर्ने समेत बताउनु भयो।

संघीयता र लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षताको संरक्षण समाजवादी मोर्चाको मात्रै नभएर आम नागरिकको जिम्मेवारी हो सबै सचेत हौं।जनताको अधिकार बिरोधिका विरुद्ध खबरदारीका लागि १५ गते सशक्त सहभागी बन्न समेत कामीले अपिल गरेका छन ।










