Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमक स्ववियू निर्वाचनमा संगठनविपरीत गतिविधि गर्नेहरूलाई कारवाहीको चेतावनी, नेविसंघद्वारा साम्पाङ अध्यक्ष पदका उम्मेदवार चयन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 17, 2025

By Dikendra

झापा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूले दमक बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा संगठनविपरीत गतिविधि गर्नेहरूलाई कारवाही गर्ने चेतावनी दिएकी छन्।

नेविसंघ इकाई समितिले दमकमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्ववियू निर्वाचनमा एकपक्षीय तथा संगठनको मर्मविपरीत गतिविधि गर्ने नेता-कार्यकर्तालाई कारवाही गरिने बताइन्। नेविसंघमा देखिएको विवादबारे बोल्दै उनले कांग्रेस प्रदेशसभा सभापति रवि केसीलगायतका नेताहरूको नामै उल्लेख गर्दै पार्टी हितविपरीत गतिविधि गर्नेहरू कांग्रेस कार्यकर्ता नभएको धारणा राखिन्।

नेविसंघ इकाई समितिले सायन साम्पाङ राईलाई अध्यक्ष पदका उम्मेदवारका रूपमा अघि सारेको बताउँदै लिम्बूले विद्यार्थी निर्वाचनमा पार्टीले हस्तक्षेप गर्नु नहुने जिकिर गरिन्।

पत्रकार सम्मेलनमा नेविसंघ झापाका जिल्ला सभापति सञ्जय निरौलाले स्ववियू निर्वाचनका क्रममा दमकमा देखिएको आधिकारिकता विवाद पार्टीकै कारण उत्पन्न भएको बताए। भोलि (चैत ५ गते) हुने स्ववियू निर्वाचनमा दमकमा सायन राईको उम्मेदवारी मात्र आधिकारिक भएकाले उनलाई जिताउन विद्यार्थी नेतृत्व तथा सदस्यहरूलाई निर्देशन दिए। उनले स्ववियूमा उम्मेदवार छान्ने अधिकार स्वयम् विद्यार्थीहरूकै हुने भएकाले त्यसमा पार्टीको हस्तक्षेप स्वीकार्य नहुने धारणा राखे। साथै, स्ववियू अध्यक्ष पदका अर्का प्रत्याशी भुवन बस्नेतको उम्मेदवारी घोषणा नेविसंघको मात्र नभई जिल्ला पार्टीको निर्णयविपरीत भएको भन्दै, त्यस्तो गुटगत भूमिका निर्वाह गर्ने प्रदेशसभा सभापति रवि केसीसहितका नेताहरूलाई कारवाही गरिनुपर्ने माग गरे।

यसअघि पाँचदलीय गठबन्धनसहितको विद्यार्थी संगठनले बस्नेतको अध्यक्षतामा संयुक्त प्यानल सार्वजनिक गरेको थियो।

सायन राईको उम्मेदवारी घोषणा सभामा कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईले स्ववियू निर्वाचनमा उम्मेदवार चयन गर्ने अधिकार स्ववियू संगठनका सदस्यहरूकै हुनुपर्ने बताए। नेविसंघबाट सायनको उम्मेदवारी आधिकारिक भएकाले सबै विद्यार्थीहरू एकजुट भएर उनलाई जिताउनुपर्नेमा उनले जोड दिए।

सो अवसरमा उम्मेदवार राईले आफू नेविसंघबाट दल दर्ता गरिसकेको भन्दै त्यसलाई अस्वीकार गर्ने कार्य उपयुक्त नहुने बताए। उनले स्ववियूमा गफ होइन, काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे।

दमक स्ववियू निर्वाचनमा अध्यक्ष पदका लागि नेविसंघकै तीनसहित आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेविसंघबाट भुवन बस्नेत, सायन राई र दिपक लिम्बूले उम्मेदवारी दिएका थिए। स्ववियू सचिव समेत रहेका लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।

स्थानीय जोङ्री क्याफेमा आयोजित पत्रकार सम्मेलनमा नेविसंघ झापाका पदाधिकारी, पूर्व पदाधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रम नेविसंघ दमक बहुमुखी क्याम्पस इकाई सभापति सुनिल हाताछु राईको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved