Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महेन्द्र मोरङ क्याम्पसमा नेबिसंघको तालाबन्दी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 12, 2025

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका कांग्रेस नेता शेखर कोइराला निकट केही विद्यार्थी नेताहरूले स्ववियु निर्वाचन समितिको कार्यालयमा निर्वाचन अधिकृत डा. सुशीलकुमार अधिकारीलाई बुधबार मध्यान्ह बजे कोठामै थुनेर आगो लगाए । अधिकारीलाई कोठामा थुनेर विद्यार्थीहरूले बाहिरबाट तालाबन्दी गरे । त्यसको केही समयपछि प्रहरीको टोली पुगेर ताला फोडेर अधिकारीको उद्धार गर्‍यो ।

प्रहरीले आगजनी गर्ने चार जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य योजराज दाहाल, पूजा विश्वास, जिल्ला सचिव गुड्डु साह र आयुष दाहाल रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

प्रहरीले उनीहरूलाई विराटनगरस्थित मुनालपथ नजिकबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । ‘क्याम्पस भित्रको निर्वाचन कार्यालयमा आगजनी गर्ने र निर्वाचन अधिकृतलाई थुन्ने समूहलाई हामीले नियन्त्रणमा लिएका छौँ । अहिले मोरङ प्रहरीमा ल्याएर घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी जोशीले भने ।

उनीहरूले आगजनी गर्नु र निर्वाचन अधिकृतलाई थुन्नुको कारण भने नेविसंघको आधिकारिकताको विवाद हो । काँग्रेस निकट नेविसंघमा पार्टी सभापति शेरबहादुर देउवा समूह र डाक्टर शेखर कोइराला समूह छन् । महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनको लागि दुईवटा नेविसंघ दर्ता भएका थिए । तर, निर्वाचन समितिले मंगलबार राति केन्द्रले दिएको आधिकारिताको चिठी लिएर गएपछि देउवा पक्षबाट उम्मेदवार बनेका प्रज्वल विष्टको समूहलाई नै आधिकारिक मान्दै चुनावी समूहको नाम सार्वजनिक गर्‍यो । जसमा कोइराला समूहबाट उम्मेदवार बनेका नेविसंघका केन्द्रीय सदस्यसमेत योगराज दाहालको समूहलाई स्वतन्त्र प्यानलको मान्यता दिइयो । त्यसपछि आक्रोशित बनेका उनीहरूले निर्वाचन अधिकृत अधिकारीलाई थुन्ने र निर्वाचन कार्यालयमा आगो लगाउने काम गरेका हुन् ।

नेविसंघको दुई गुटको अराजकता यसअघि पनि देखिँदै आएको थियो । गत फागुन १५ गते नेविसंघको संस्थापन गुटले शेखर गुटका विद्यार्थी नेताहरूमाथि हातहतियारसहित आक्रमण गरेका थिए । नेविसंघका नेता समेत रहेका क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेल, सचिव सनिम ठकुरी र नेविसंघकै सदस्यहरू महमद सलमानलगायतले नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई आक्रमण गरेका थिए ।

हाफ ज्याकेटको भित्री गोजीमा राखेको छोटो बिँड भएको वञ्चरो निकालेर त्यहाँ पुगेका सभापति पौडेलसहितले सरोजलाई घाइते हुने गरी आक्रमण गरेका थिए । त्यसबेला पोखरेलसहित र चुले भाइ भनिने आयुष दाहाल, गुड्डु साह, पूजा विश्वास, प्रशान्त यादव र सुविक्षा थापा मगर घाइते भएका थिए ।

यसरी झगडा हुनुमा त्यहाँ कुनै कारण थिएन । नेपाल विद्यार्थी संघकै शेखर कोइराला समूह क्याम्पस इकाई गठन गर्न त्यहाँ पुगेको थियो । उनीहरूले आफ्नो समूहबाहेकलाई त्यहाँ इकाई कमिटी बनाउन नदिने तयारीमा थिए । त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन आगामी चैत ५ गतेका लागि तोकेको छ ।

क्याम्पसका विद्यार्थीको भनाइ अनुसार कोइराला पक्षका नेता तथा पूर्वमुख्यमन्त्री केदार कार्की र कांग्रेस मोरङ उपसभापति तथा विराटनगर महानगर प्रमुख नागेश कोइराला दुई समूहमा बाँडिएकाले विद्यार्थीबिच विवाद झनै बढेको हो । ‘यो क्याम्पसमा नेविसंघले यसअघि पनि बहुमत जितेको हो । अहिले पनि बहुमत जिताएर बिदा हुन चाहन्छु,’ स्ववियु सभापति पौडेलले भने, ‘तर, यहाँ पूर्व मुख्यमन्त्रीहरूले अनावश्यक हस्तक्षेप र चलखेल गरेर नेविसंघलाई हराउन खोजिरहनु भएको छ । मुख्यमन्त्री भइसकेको व्यक्तिले कलेजमा डिस्टर्ब गर्ने काम भइरहेको छ ।’ उनले पूर्व मुख्यमन्त्री कार्कीलाई लक्षित गर्दै भने, ‘यस्तो काम नहोस् म उहाँलाई चेतावनी दिन चाहन्छु ।’

 

क्याम्पस प्रशासनले भने निर्वाचन प्रक्रियालाई सुरक्षित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ । विद्यार्थी संगठनहरूबिच बढ्दो तनावलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले सबै विद्यार्थी संगठनहरूलाई संयमित हुन र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ । प्रहरी प्रशासनले पनि क्याम्पस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । उक्त क्याम्पसमा विभिन्न १९ वटा समूहले स्ववियु निर्वाचनमा भाग लिँदैछन् । क्याम्पसमा ५ हजार ५ सय जना मतदाता विद्यार्थी रहेका छन् ।

 

अखिल क्रान्तिकारीको विरोधयसैबीच अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीले महेन्द्र मोरङ क्याम्पसको निर्वाचन समितिको कार्यालयमा भएको आगजनीको घटनाप्रति विरोध जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै क्रान्तिकारीका प्रतिनिधिहरूले घटना गैरकानुनी र निन्दनीय भएको बताएका हुन् ।

‘क्याम्पस भित्र आगजनी र निर्वाचन अधिकारीलाई कोठामा थुन्नु यो गैरकानुनी हर्कत हो । हामी आजको यस प्रकारको घटनाको घोर निन्दा र भर्त्सना गर्दछौँ,’ स्ववियु सभापतिका उम्मेदवार समेत रहेका अखिल क्रान्तिकारी क्याम्पस इकाई अध्यक्ष रोहित यादवले भने । निर्वाचन कार्यालयमा भएको आगजनीले क्याम्पसमा तनावपूर्ण वातावरण सिर्जना गरेको र शान्तिपूर्ण निर्वाचन हुनेमा चिन्ता बढाएको यादवले बताए । उनले अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसमा एक्लै प्रतिस्पर्धा गर्न लागिरहेको बताए । क्रान्तिकारीले सभापतिमा रोहित यादव, सचिवमा आयुद्ध आछामी र कोषाध्यक्षमा राजिव यादव उम्मेदवार बनाएको छ । यस्तै सदस्यहरूमा गौतम मण्डल, सुजित यादव, रत्ना राजवंशी, आयुष कार्की, युनिष पाण्डे, प्राश्रा श्रेष्ठ र भुमेश्वर साह छन् ।

स्ववियु कै आडमा कलेजमा एकपछि अर्को गुण्डागर्दी भइरहेको अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादव बताउँछन् । ‘क्याम्पसमा गुण्डागर्दी बढेको छ । नेविसंघले स्ववियुको आडमा त्यस्तो गरिरहेको छ । यसलाई रोक्न आवश्यक छ,’ यादवले भने ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved