काठमाडौं । काठमाडौँकाे माइतीघर मण्डलामा मुकुमलुङ रक्षार्थ बृहत् जनप्रदर्शन कार्यक्रममा को नो केबुलकार आन्दोलनलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सम्बाेधन गरेका छन्।
सम्बाेधनकाे क्रममा यो आन्दोलन लिम्बुहरूको आन्दोलन मात्रै नभएको यो सम्पूर्ण नेपालको उत्पीडित जनता आदिवासी जनजाति ,मधेसी ,मुस्लिम, दलित ,महिला र आर्थिक उत्पीडनमा परेका सम्पूर्ण नेपाली जनताको आन्दोलन हो। राज्यद्वारा गरिएको दमनको घोरभर्सन तथा निन्दा गर्दै रिज्लेवानले दमन र उत्पीडन गर्ने यस घटनाका जिम्मेवार दोषी पदाधिकारीलाई छानबिन गरी तुरुन्त कारबाही गर्न र वार्ताको वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गरेका छन्।

उक्त कार्यक्रममा बोल्दै ” कि सरकारले उत्पीडित जनतालाई आफ्नो अधिकार र पहिचान माग्दाखेरि र संवैधानिक अधिकारको प्रयोग गर्न खोज्दाखेरि जसरी राज्यले दमन गरिरहेको छ र राज्यको त्यो हिम्मत र साहस र यति हेप्ने प्रवृत्ति किन भइरहेको छ ? उत्पीडित जनताहरूको बीचमा आपसमा मेल नभएको । राज्यद्वारा जब जनताले जायज मागहरू राख्दाखेरि दमन हुन्छ। र राज्यले आफ्नो सिमा नागेर बन्दुकको बलमा शासन गर्न खोज्छ। त्यतिबेला नेपालका सबै उत्पीडित जनताले मिलेर प्रतिकार गर्ने संगठित प्रतिकार गर्ने वातावरण नभएको हुनाले राज्य निरंकुश हुँदै गएको छ। राज्यसँग दम छ भने ताकत छ भने नेपालको संविधानको विपरीत गएर हिन्दू राष्ट्र माग्ने र राजा आउ देश बचाउ भन्ने नारा लगाउने प्रतिगामीहरूको विरुद्ध कारबाही गरेर जेलमा हाल्ने हिम्मत देखाओस् म यहिबाट सरकारलाई चुनौती दिन्छु “ अन्सारीले भने।
उक्त जनप्रदर्शनमा पूर्व मन्त्री अन्सारिले सिराहाकाे रिंकुश सदाका हत्याराहरूलाई कडाभन्दा कडा कारबाही गर्न सरकारकाे ध्यानाकर्षण समेत गराउदै राज्यद्वारा गरिएको आतंक र निरंकुशता प्रतिगमन र मुलुकलाई पश्चगमनतर्फ धकेल्ने सबै प्रयासहरूको विरुद्ध नेपालका उत्पीडित बर्ग,अल्पसंख्यक जाति,धार्मिक, सिमाङ्कृत जनताहरु एकजुट भई लड्नु बाहेक अर्को कुनै विकल्प नरहेको बताए।










