Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सञ्चारकर्मी तथा स्रष्टा हिमांशु रायकाे गीति संग्रह ” काेलाज गीत ” सार्वजानिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 25, 2025

मोरङ बेलबारी नगरपालिका वडा नम्वर ११, लक्ष्मीमार्गका स्रष्टा हिमांशु रायले भर्खरै सार्वजनिक गरेको गीति संग्रह पुस्तक “कोलाज गीत” लाई लिएर सूचना चौतारी टड कमका पत्रकार दिपेश श्रेष्ठले उनी संग गरेको भलाकुसारीको सार संक्षेप :-

“स्वर्ग जस्तो सुन्दर मेरो देश,मर्न पाउँ भन्छु देशको लागि
“यहि माटोमा लुटपुटिदै केही गर्न पाउँ भन्छु देशको लागि… ।”

यी माथीका शब्दहरु रायको कोलाज गीत नामक गीत संग्रह बाट उद्रित गरिएको हो। यसरी शब्दहरुमा ….राष्ट्र प्रेमको आलाप गाउने ब्याक्तित्व जस्लाई साहित्यीक उपनाम “केफास आस्था”ले पुर्वाञ्चल भरि परिचित गराएको छ। उनको असली नाम हिमांशु राय हो,मोरङ जिल्ला बेलबारी नगरपालिका वडा नम्वर ११,स्थायी बसोबास गर्दै आईरहेका स्रष्टा हुन हिमांशु राय। उनले भर्खरै मात्र “कोलाज गीत” नामक पुस्तक सार्वजनिक गरेकाछन् यो उनको लेखन यात्राको पहिलो साहित्यीक कृति हो।

 

राय सोलुखुम्बु-सोलु दुधकुण्ड नगरपालिका वडा नम्वर ५,सल्लेरीमा मा वि.स.२०३६ बैसाख १४ गते जन्मिएका भएता पनि बसाई सरेर सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नम्वर-४,लक्ष्मी सड्क हुँदै हाल मोरङको बेलबारी नगरपालिका वडा नम्वर-११,मा स्थायी बसोबास गर्दै आईरहेका छन्। रायले साहित्य क्षेत्रमा विगत अढाई दशक देखि साहित्यका विभिन्न विधामा निरन्तर कलम चलाउदै आईरहेकाछन्।यसरी कलम चलाउदै अघि बढ्दा राय विभिन्न साहित्यीक तथा सामाजिक संघ संस्थाहरु बाट सम्मानित र पुरस्कृत समेत भईसकेका छन्।

बसेर गफ गर्दा गर्दै एकैक्षणमा धारा प्रभाव गीत लेख्न सक्नु चानचुने कुरा होईन। यहि अब्बल गुणका कारण उनी ससक्त गीतकारका रुपमा परिचित छन्। गीत लेखिरहनु हुदोरहेछ हाल सम्म कति जति लेख्नु भयो होला भनेर सोध्दा उनी भन्छन्। हाल सम्म उनले ११ देखि १२ सय सम्म को हाराहारीमा गीतहरु लेखी सकेको बताउछन्। यसरीनै प्रकाशनको तयारीमा यिनका हाईकू संग्रह,लघुकथा संग्रह,कविता संग्रह,गीत संग्रह,गजल संग्रह र मुक्तक संग्रह समेतको पाण्डुलिपि तयारी अवस्थामा रहेको उनको भनाई छ।

  • हाल सम्म किन पुस्तक प्रकाशन गर्नु भएन ? 

पुस्तक प्रकाशन गर्ने कुरामा आफू नहतारिएको रायले बताए। तर अब भने बर्षमा कम्तीमा एउटा पुस्तक प्रकाशन गर्ने लक्ष्य रहेको उनी बताउछन्। शुरु शुरुमा साहित्य लेख्दा सुझबुझ नभई कन त्यसै लेखिएछ,तर यतिबेला जुन विधामा कलम चलाउने हो त्यो विधाको बारेमा गहन अध्यायन गर्न आवाश्यक रहेछ उनि बताउछन्।

  • हिजोआज के मा समय खर्चिदै हुनुहुन्छ ? 

उनले मुसुक्क मुस्कुराउदै भने घर अगाडीको कोठामा सनोतिनो व्यापार गर्छु। त्यसका अलवा लेखापढीकानुन ब्यावसायी भएकोले यसो जाने सम्मका कानुनी लेखापढी पनि गर्ने गर्छु। फुर्सद हुदाँ हात चिलाएर सकसक हुन्छ त्यसैले केही न केहि लेखिरहन्छु।त्यसै हात बाँधेर चुपचाप चाहिँ म बस्दिन।अब आफ्नो कर्म त गर्नै पर्यो नि कि कसो ….! उनले स विस्तार आफ्नो सामान्य दिनचर्या बारेमा सुनाए।

मुलत गीत लेखन यात्रा बाट आफ्नो ओैपचारिक लेखन यात्रा शुरु गरेका रायले आफ्नो गाउँकै साथीहरु संग मिलेर वि.स.२०५४/०५५ तिर “कोशिस” नामक संयुक्त गीति एल्वम पनि स्रोताहरु माझ ल्याएका थिए। उक्त एल्वम को ८ गीत मध्ये ७ वटा गीत रायले नै लेखेका थिए।

उस ताका संगित प्रतिको मोहले गाउँमा सिनियर दाइ र केही मन मिल्ने साथीहरु संग जमघट भएर खुव गीटार बजाउदै सुमधुर संगितको तालमा बेस्सरी गीत गाइन्थ्यो। विभिन्न ठाउँ हरुमा स्टेज कार्यक्रमहरुमा सहभागी जनाईन्थ्यो। रायले आफ्नो रमाईलो विगतको सांगीतिक यात्राको बारे सुनाए।

राय संग जम्मा सात जनाको समूह मिलेर द ईस्ट्रन ब्याण्ड (पुर्वेली सांगीतिक समूह) को निर्माण भएको थियो। सोही समुहले २०५४/०५५ साल ताका कोसिस नामक गीति एल्वम स्रोताहरु माझ ल्याएको र त्यो बेला उक्त कोसिस नामक एल्वमका गीतहरुले निकै चर्चा बटुलेको पनि उनले बताए।

रायका अन्य गीतहरु पनि रेकर्डिङ भएका रहेछन। विराटनगर स्थित रहेको नेपालकै चर्चित सांगीतिक समुह द स्मृति ब्याण्ड को सार्थक एल्वममा पनि रायको चौवन्दी चोली बोलको एउटा गीत रहेको छ। नेपालका चर्चित गायक तथा संगितकार सविन लिम्बुको संगित र गायिका एलिना सापकोटा को आवजमा पनि “कीन आँखा रसाउँछ …..” बोलको गीत रेकर्डिङ भई स्रोताहरुमाझ आईसकेको छ।
यस्तै संकल्प नामक सट मुभीमा संगितकार तथा गायक बिक्रम श्री बास्तोलाको संगितमा रेकर्ड भएको ” याद बोकी बाँचे …” बोलको गीत समावेश भएको रहेछ। रायका केही भजनहरु “यो संसारमा पाईला टेक्ने….” लगायत पनि रेकर्ड भईसकेका रहेछन्। ती समय समयमा रेडियो टेलिभिजनमा बज्ने गरेकारहेछन्। त्यसरीनै राजनैतिक शन्देश मुलक गीत हरु पनि रेकर्ड भएका रहेछन् । हुई हुर्रा हा.. बतासै चल्यो सरर…..” लगायतका गीत हरु यदाकदा चुनाव ताका स्रोताहरुको कानमा गुञ्जिने गरेको उनले बताए।
गीत विधामा निरन्तर कलम चलाउदै आईरहेका राय बढी गीत नै लेख्न रुचाउछन्। सरल,भावुक र गम्भीर मिजासका राय ले आफ्नो गीत लेखन कर्म मार्फत नै मानिसको सुख दु:खहरुलाई नजिक बाट नियाल्ने गरेकाछन्।

उनी भन्छन् गीतले चाँडैनै मानिसको मन मुटुलाई छुन्छ, यति मात्र नभएर मानिसको हृदय भित्र एक प्रकारको भावनाका लहर उदवेगहरु तरंगित गरिदिन्छ।यस्तो बेला मानिस दुख्दा दुख्दै पनि पीडा भुलेर मुस्कुराउन थाल्छ। अक्सर मानिसले गीतमा आफैलाई पाउँछ, गीत भित्र आफैलाई समाहित गर्न पुग्छ।थोरै कुराले धेरै भन्न सकिने,गीत विधा बाट को चाहिँ मानिस प्रभावित नहोला र ? राय थप्छन्।

  • हिमांशु नाम पनि त एक्स्ट्रा नाम थियो, फेरि किन साहित्यीक उपनाम केफास आस्था भनेर राख्नु भयो त ? के यस्को अर्थ जान्न सकिन्छ ?

केफास आस्था को अर्थ सविस्तारमा यसरी खोले केफास को अर्थ चट्टान र आस्थाको अर्थ विश्वास त्यै भएर चट्टान जस्तो बलियो विश्वास भन्ने नै यस्को अर्थ भएको उनको जिकिर रहेको छ।

मोरङको साविक डाँगीहाट वडा नम्वर ५, र हाल बेलबारी नगरपालिका वडा नम्वर ११,लक्ष्मीमार्गमा १ दिदी २ बहिनी र १ भाईका परिवारहरु संग आफ्ना २ छोरा र श्रीमतीको साथ जोईन फेमिलीमा मिलेर बस्दै आईरहेका हिमांशु राय उर्फ केफास आस्था गीत संगित र साहित्य क्षेत्रमा मात्र परिचित नभएर समाजसेवामा पनि उत्तिकै सक्रिय परिचित छन्।त्यसो त उनी विभिन्न मिडियाहरु समेतमा रहेर निरन्तर पत्रकारितामा लागिपरिरहेको पाईन्छ।

उनले भने बेलबारीको पत्रकारिताको ईतिहासमा सबै भन्दा पहिले २०५३/०५४ साल तिरै हुनुपर्छ ” बेलबारी पत्रकार समूह “ नामक पत्रकारहरुको साझा संस्था गठन भएको र आफू उक्त संस्थाको कार्यसमिति सदस्य समेत रहेको बताए। उनले भने म वैदेशिक रोजगारीले गर्दा काठमाण्डौको केही समयको बसाई पछी दुबई जानू पर्यो यसरी त्यसबेला वैदेशिक यात्राले गर्दा आफ्नो पत्रकारितामा क्रमभंगता भएको र फेरि धेरै लामो समय पछी हाल यदाकदा पत्रकारिता मा सग्लन्न हुँदै आईरहेको रायको भनाई छ।

उसताका जनआस्थामा लेख्ने अरुण बराल ब्लाष्ट टाईम्समा भक्तेश्वर लिम्बू,र अन्यअन्य पत्रपत्रिकामा प्रेम बास्तोला,सोमनाथ बास्तोला,प्रेम राई,प्रदिप राई,शिव काफ्ले,केदार दुलाल, लगायत का अरु पनि साथीहरु हामी लगभग लगभग केहि अघिपछि पत्रकारितामा लागेका थियौ। उ बेला देखि अहिले सम्म मैले चाहेर नचाहेर कहिले पनि पेशा गत पत्रकारिता लाई अंगाल्न सकिन।आज पनि कोहि कसै संग पत्रकारिताको नाममा एक रुपैयाँ लिएको छैन।भोलि पेशागत पत्रकारिता गर्नु पर्ने पनि हुन सक्छ तर आज सम्म निस्वार्थ रुपले समय समयमा समचार लेख्ने गरेको छु उनले बताए।उनी नेपाल प्रेस युनियन मोरङका पुर्व जिल्ला सदस्य थिएछन् र हाल उनी युनियनका कोशी प्रदेश सदस्य रहेको उनले बताए। लामो समय सम्म नेपाली काङ्ग्रेस पार्टीमा रहेर राजनीति यात्रा गरेका राय नेपाल तरुण दल सभापति २ कार्यकाल,नेपाली काङ्ग्रेस साविक डागीहाँट गा.वि.स.सदस्य, १ कार्यकाल ,नेपाली काङ्ग्रेस पार्टी सम्वद्ध सुभेच्छु संस्था नेपाल साँस्कृतिक महासंघ मोरङ जिल्ला सचिव २ कार्यकाल हुँदै हाल उनी नेपाली काङ्ग्रेस पार्टी को सुभेच्छु संस्था नेपाल साँस्कृतिक महासंघका केन्द्रीय सदस्य हुन्। उनी नेपाली काङ्ग्रेस पार्टीको गत १४ओै महाधिवेशनमा नेपाली काङ्ग्रेस पार्टीको जिल्ला सदस्य पदमा उठेका थिए तर आफ्नै लाईनका केही गद्दारहरुको निजी स्वार्थ र कोपभाजनमा परेर १२ मतले पराजित बन्नु परेको तितो अतितलाई उनले रुष्ट बनेर ओकले। यतिबेला राजनिती बाट भने जति सक्दो टाढै बस्न रुचाउँदा रहेछन् उनि। राजनीति बाट उनी एक प्रकारले विक्षिप्तै पो भएका हुन कि भने झै लाग्दथ्यो उनको राजनीति प्रतिको वितृष्णा देख्दा र उनको आक्रोसपुर्ण कुरा सुन्दा।

२९ बर्ष सम्म निरन्तर नेपाली काङ्ग्रेस पार्टीको विभिन्न पदमा रहेर राजनीति गरेको उनले बडो भावुक मुद्रामा दुखेसो यसरी पोखे न त पार्टीको नाम बेचेर कँहि एक रुपैयाँ खाइयो,न त भ्रष्टाचार गरेरनै कमाईयो। न त पार्टीलाई परिवारका सदस्यहरुको लागि जागिर मागियो,न त कुनै स्वर्थपुर्ण कामको लागि हारगुहार गरियो। अँह केही गरिएन बरु नेताको झोले भईएछ अनि समय संगै जिवन बर्बाद गरिएछ।एउटा रिझायो अर्को बिच्किने अर्कोलाई रिझायो फेरि अर्को बिच्किने सबैले खाली प्रयोग गर्न चाहाने,हामी कार्यकर्ताहरु त मात्र साधन भएछौ। ईमान्दारीताको साथ राजनीति गर्दा आफुलाईनै घातक हुने भएपछी किन गर्नु राजनिती ? वेईमानी बन्न नैतिकताले पटक्कै दिएन वा भनुम वेईमानी बन्न सक्दै सकिएन। उमेर जति सबै खालि अरुकै लागि बाँचिएछ।आफ्नो भविश्य समेत दाउमा राखेर कस्तो बेमज्जाको राजनिती गरिएछ। उफ!

लामो सुस्केरा…. हालेर उनी एकछिन निक्कै भावुक बने।मानिसको स्वाभाव साह्रै निकम्मा हुदोरहेछ मानिस आफू राम्रो बन्नलाई अरुलाई दोष लाउन र अरुको खुट्टा तान्न कति अभयस्त बन्न सकेको।एकदिन सबैले यो धर्ति छोड्नै पर्छ, दुईदिन बाच्नु छ धर्तिमा तेरो मेरो यो त्यो खुब न्याधिस बन्न खोज्छ मानिस आखिर किन ? मरेर सबै खालिहात जाने हो। उनले भन्दैगए म त आफ्नो अहित गर्नेहरुलाई र खुट्टा तान्नेहरुलाई पनि ईश्वर संग सधै क्षमाको लागि प्रार्थना गरिदिन्छु।ईश्वर भन्दा ठूलो न्याधिस को हुन सक्छ?त्यसैले आफू जहिल्यै पनि सत्यताको बाटोमा हिडिरहने र निश्चित रुपले एकदिन सत्यकै जित हुने उनको तर्क रहेको छ। आज आएर बल्ल समयको महत्त्व थाहा पाएको उनको भनाई छ।समय र जिवनको महत्त्व नबुझेर हिजो राजनीति मा दौडिए तर आज अंन्धकार बाट उज्यालोमा आएझै भाछ उनेले भने।,त्यै भएर पनि अचेल चटक्कै राजनीति छाडि नहालेता पनि राजनीति बाट पर पर आफै पन्छिदैछु।सबै स्वार्थी,यो संसारै स्वार्थी, खै! कस्लाई विश्वास गर्नु? कसमाथी भरोसा गर्नु? जस्लाई आफ्नो संम्झियो त्यहि शत्रु हुने।खुस परिन्जेल सबै अशल हुने वेखुस हुदाँ सबै गलत हुने मन नपरेको मानिसको सास परैबाट गनाउने भनेझै हुने रहेछ।कस्तो विडम्बना! नजिककैले घात गर्ने रहेछ उनले भने।

हरेक सुख दु:खमा साथ दिने त आखिरमा आफ्नो परिवार मात्र हुदोरहेछ निन्याउरो मुख लाएर उनले बताईरहेका थिए।हाल उनी यी सबै कुरालाई थाती राखेर आफ्नो पढाईमा लागिपरेका रहेछन्।उनले भन्दै थिए यो सिक्ने क्रम जीवन रहुञ्जेल सम्म चलिनै रहदो रहेछ। त्यै भएर पनि उनी हिजोआज काठमाण्डौको तिखेदेवल स्थित रहेको ऐज्रा थिओलोजी कलेज मा अध्यायनरत विध्यार्थी रहेछन्।

आफ्नो गाउँकै स्कुल श्री लक्ष्मी मा.वि. बाट उनले २०५२ सालमा एस.एल.सि. परीक्षा उत्तीर्ण गरेका रहेछन्। यसरीनै २०७४ सालमा ऐज्रा थिओलोजी कलेज बाट सर्टिपिकेट लेवल र २०७९ मा सोही कलेज बाट स्नातक सम्मको अध्यायन पूरा गरिसके पछी हाल राय त्यहि कलेजमा स्नातकोत्तर को पढाइ पूरा गर्न अन्तिम चरणक‍ो पढाईमा जुटिरहेका रहेछन्।

मानिस भएर जन्म लिएपछी प्रेम र भलाइ गर्न कहिल्यै थाक्नु नहुने र समाजमा रहेका असाहय,टुहुरा,गरिव र अवलाहरुको पक्षमा सधै न्यायको आवाज बनिदिनु पर्दछ उनी भन्छन्। कमाउने समयमा राजनीति र समाज सेवा भन्दा भन्दै आफ्नो आर्थिक अवस्था खस्किएको चालै नपाएकोले उनी अहिले सबै भन्दा बढी चिन्तित छन्। घर ब्यावहार चलाउन काहाँ त्यति सजिलो रहेछ र! बाबा आमा को स्वर्गवास भईसकेपछी अहिले सबै ब्यावहारले उनलाई गाँजेको उनले सुनाए।आफू त कमाउने जमाउने बेलामा राजनीति र समाजसेवा भन्दै अंन्धाधुन्दा भावनामा बगिएछ अहिले त्यै कुराहरुको ठूलो पछुतो भईरहेको उनले सुनाए।

जीवन संङ्घर्ष भएकोले संङ्घर्षशिल यात्रामा अहिले उनी जेनतेन आफ्नै परिवार संग रमाईलो जीवन बिताईरहेका छन्। घरगृहस्थी र ब्यावहारमै लागि परिरहेका छन्। मानिसको सर्वश्रेष्ठ चोला लिएर जन्मेपछी हामीहरुले जस्तोसुकै परिस्थिति को पनि डटेर सामना गर्नुपर्दछ उनी बताउछन्।आफ्नो लेखन यात्रालाई थप निरन्तर तिखार्दै अघीबढ्ने पनि रायले बताए।

रायको आगामी दिनहरु प्रगति उन्मुख बनोस,शुन्दर र उज्वल भविश्यको कामना संगै भर्खरै सार्वजनिक उनको पुस्तक “कोलाज गीत” लाई  सूचना चौतारी टड कम को तर्फबाट मुरी मुरी शुभ कामना ब्याक्त गर्दछौ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved