काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अपमान गरेको टिप्पणी गरेका छन्।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै साहले आफूले चार दिन अघि नै दर्ता गरेको प्रश्नको उत्तर नदिएर प्रधानमन्त्री भागेको भन्दै प्रधानमन्त्रीले संसद्को अपमान गरेको र प्रश्नोत्तर भन्ने कार्यक्रमको धज्जी उठाएको टिप्पणी गरे।

प्रधानमन्त्रीले आफ्नो प्रश्नमाथि गरेको टिप्पणीको नियमापत्ति गर्न खोज्दा सभामुखले बोल्नबाट रोकेको भन्दै उनले आपत्ति जनाए।
त्यस्तै उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्य सकिएको तर्क गरे। प्रधानमन्त्रीमा देश चलाउँछु भन्ने मानसिकता नरहेको उनले बताए।
यता संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री केपी ओलीले सांसदको प्रश्नको जवाफ किन नदिनुभएको भन्ने सञ्चारकर्मीको प्रश्नको कुनै प्रतिक्रिया नदिई हिँडेका थिए।
के थियाे त प्रधानमन्त्री ओलिलाई सांसद प्रभु साहकाे दस प्रस्न ?(१) खुलेआम अवैध बाटोबाट सम्पत्ति विदेश लैजाँदा रोक्न
नसक्नेलाई सक्षम भन्ने कि असक्षम ?
(२) झण्डै ७० लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारमा छन् ।
संख्याको अनुपातमा रेमिट्यान्स किन आएन ?
(३) नेपाली मजदुरलाई दासता र नरकीय जीवनमा धकेल्दा
तपाईंहरूले के कति लाभ पाउनुभएको छ ?
(४) नेपालमा जीडीपी र राजस्वको अनुपात ३०% छ । यो कर
प्रणालीले के हाम्रो अर्थतन्त्र उभो लाग्छ ?
(५) तपाईंले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदैछु भन्नुभएको
थियो, त्यो जाँदैछु भनेको कहिले हो ?
(६) सहयात्रामा रहेका दलले अध्यादेश अस्विकार गर्ने निर्णय
गरेपछि तपाईं कुन नैतिकताले पदमा बस्न मिल्छ ?
(७) संघीय राजधानी जोड्ने सबै राजमार्गहरू अस्तव्यस्त छन्।
तपाईं किन एकपटक आफैं ती राजमार्ग हुँदै यात्रा गर्नुहुन्न ?
(८) आवासविहीनहरूलाई घर बनाउन ‘सुरक्षित आवास’ भनेर जम्मा
७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा घर बन्छ ?










