काठमाडौँ। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। पार्टीले आज केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।

फागुन १ लाई जनयुद्ध दिवस मान्ने कि नमान्ने भन्ने बिषय पेचिलाे बनेर संसदमा उठेपछि सत्तसिन दलहरुले यसलाई जनयुद्ध नभएर हिंसा हाे भनेका छन्,तर देशकाे विभिन्न स्थानिय सरकारहरुले भने आज जनयुद्ध दिवसको खुलेरै बिदा दिएकाे छ।










