हिमांशु राय,मोरङ । नेपाल ललितकला प्रतिष्ठानको मुख्य आयोजना र बेलबारी प्रज्ञा प्रतिष्ठानको सह-आयोजनामा मोरङको बेलबारी नगरपालिकामा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ ।
बेलबारी नगरपालिका वडा नम्वर १ स्थित तमू बुद्धिष्ट गुम्बामा यहि फागुन १६ गतेदेखि २० गतेसम्म हुने उक्त प्रदर्शनीमा कोशी प्रदेशका सबै जिल्लाहरुबाट कलाकारहरुको बाक्लो सहभागी रहने छ। कलासंस्कृति झल्किने,मुर्तिकला,चित्रकला तथा विभिन्न जातीय पहिचानयुक्त संस्कार, परम्परागत मौलिक सांस्कृतिक र कलाकारिता समेतलाई प्रदर्शनीमा सामेल गराईने आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ।

प्रदर्शनीमा ललितकलाका सबै विधाहरु लाई स्थान दिईनेछन् । समसामयिक चित्रकला, परम्परागत चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, हस्तकला, भिडियो तथा फोटोग्राफी,धिमाल लोककला, मैथिली लोककला, थारु लोककला, सन्थाल लोककला, राजवंशी लोककला, खवास लोककला, मौलिक रैथाने लोककलाका साथै अन्य सिर्जनात्मक कला, प्रतिस्थापन कला, वास्तुकला, भावभङ्गी कलाको पनि प्रदर्शनी हुने कुरा प्रचार प्रसार उप समितिका संयोजक विकाश बुढाथोकीले जानकारी गराएका छन्।
विज्ञहरुको १२ जना टोलीले प्रदर्शनीमा प्रदर्शित कलाको मूल्याङकन गरेर प्रदेश सम्मान १ जनालाई ३० हजार राशी सहित ताम्रापत्रले सम्मान गरिने भएको छ।यसै गरि नम्बरको आधारमा कला छनौट गरिने भएकोले सबै विधाहरु मध्ये बाट विधागत सर्बउत्कृष्ट पुरस्कार एकजना लाई नगद रू ५० हजार रुपैयाँका साथमा ताम्रापत्र द्वारा पुरुस्कृत गरिने मुल आयोजक समितिका संयोजक सञ्जय वान्तवाले जानकारी गराए।
ललितकला विकाशमा यस्ता रचनात्मक कार्यक्रमहरुले महत्त्वपूर्ण योगदान दिने र स्थानिय स्तरमै यस्ता कलात्मक प्रदर्शनी हुनुले सिर्जनशिलतालाई प्रोत्साहन हुने आयोजक समितिका अग्रज कलाकार तथा प्रदर्शनी उप समितिका संयोजक गणेश लामा आँसु ले बताए।
आगामी जेठ महिनामा काठमाण्डौमा आयोजना हुने राष्ट्रिय प्रदर्शनीमा यहाँ बाट छानिएका कलाकृति र प्रतिभाहरुले सहभागी हुन मौका पाउने छन् ।
पहिलो संस्करणको प्रदर्शनी सुनसरीको इटहरीमा भएको र उक्त प्रर्दशनीमा १४९ कलाकारका १५६ ओटा विभिन्न कलाकृतिहरुको प्रदर्शनी गरिएको थियो।जस्मा ६० जना कलाकारका कलाकृतिहरु राष्ट्रिय प्रदर्शनीका लागि छनौटमा परेको र ९ जना कलाकारहरुले विभिन्न कलाकारीता विधा अन्तर्गत पुरस्कार र सम्मान समेत प्राप्त गरेको आयोजकले जानकारी गराईएको छ।
प्रत्येक दिनको छुट्टाछुट्टै कार्यक्रम तालिका बनाईएको छ।पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन राष्ट्रिय कलाकारहरु सहितको कला संम्वन्धीको कार्यशाला, तेस्रो दिन समसामयिक कला तथा लोककला एवम् रैथाने कलासम्बन्धी अन्तरक्रिया, चौथो दिन महत्त्वपूर्ण सांस्कृतिक कार्यक्रम र पाँचौँ दिन समापन समारोह कार्यक्रम हुने आयोजक समितिले जानकारी गराईएको छ ।
प्रदर्शनीको लागि आर्थिक वजेट करिव २० देखि २५ लाखको हाराहारीमा खर्च हुन सक्ने बताईएको छ। नेपाल ललितकला कोशी प्रदेश समाजिक विकाश मन्त्रालय र बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा हुने सो प्रदर्शनीमा स्थानिय साहित्यीक संघ संस्थाहरुको समेत सहकार्य रहने बताईएको छ।
प्रदर्शनीलाई सफल बनाउन ११ वटा उपसमिति र ६१ सदस्य रहने गरि मुल आयोजक समिति गठन गरिएको छ।
यस महत्त्वपूर्ण दोस्रो प्रादेशिक कला प्रदर्शनीमा करिव करिव १५ हजार भन्दा बढी अवलोकनकर्ताले प्रदर्शनीलाई अवलोकन गर्ने जनाईएको छ।पत्रकार सम्मेलनमा सह-आयोजक बेलबारी प्रज्ञा प्रतिष्ठान कि अध्यक्ष रेखा सुवेदी,विभिन्न संघसंस्था का प्रतिनिधी लगायत स्थानिय संस्कृतिकर्मी,कलाकार र पत्रकारहरको उपस्थिति रहेको थियो।










