Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एकीकृत समाजवादी झापाको बिस्तारित बैठक सम्पन्न, आगामी चैतमा अधिवेशन गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 21, 2025

डिकेन्द्र बस्नेत, झापा । नेकपा (एकीकृत समाजवादी) झापाको आज बिर्तामोडमा विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले जिल्ला कमिटी झापा र कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनका तयारी र व्यवस्थानका बारेमा छलफल गरेको छ ।

बिर्तामोडस्थित एकीकृत समाजवादी पार्टीको कार्यालयमा मंगलबार सम्पन्न बैठकले जिल्ला कमिटिी झापाको अधिवेशन आगामी चैत तेस्रो साता सम्पन्न गर्ने भएको छ । सो अधिवेशन सम्पन्न गर्नका लागि बैठकमा प्रारम्भिक चरणका तयारी र व्यस्थापनका बारेमा छलफल भएको हो ।

त्यस्तैं, चैतमा हुने भनिएको पार्टी प्रदेश कमिटीको प्रथम अधिवेशन, चैत ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियू) निर्वाचनका बारेमासमेत बैठकमा छलफल भएको छ । स्ववियु निर्वाचनका लागि अनेरास्ववियू जिल्ला कमिटी र जिल्ला कमिटी पार्टी झापाका विद्यार्थी इन्चार्जसंग अन्तरक्रिया र छलफल गर्ने बैठकमा भएको छ ।

बैठकले दिवगंत निश्चल राजभण्डारीप्रति श्रद्धासुमन तथा शोकाकुल परिवारमा शोक समवेदना प्रस्ताब पारित गरिएको छ । दिवगंत राजभण्डारी पार्टीकी केन्द्रीय सदस्य तथा नेकपा (एकीकृत समाजवादी) झापाकी सहइन्चार्ज चन्द्रा श्रेष्ठका पुत्ररत्न हुन् । भद्रपुर नगरकी पूर्व उपप्रमुख तथा अधिबक्ता श्रेष्ठकी एक मात्रै छोरा निश्चल राजभण्डारी काठमाण्डौंस्थित निजी घरबाट घरायसी सामाग्रीहरु किनमेलका लागि बजार जाने क्रममा स्कुटर दुर्घट्नामा परेका थिए ।

२८ बर्षिय निश्चल राजभण्डारीसंगैं स्कुटरमा श्रीमति सवार थिए । दुर्घट्नामा सुख्त घाइते अवस्थामा राजभण्डारीको उपचारको क्रममा अस्पतालमा मृत्यू भएको थियो ।

पार्टी झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकमा केन्द्रीय सदस्य तथा झापा इन्चार्ज पुष्पराज पोख्रेलको उपस्थिति रहेको थियो ।

सोही बैठकमा केन्द्रीय सदस्य तथा सहइन्चार्ज नीलमणी बराल, केन्द्रीय सदस्य सबिता भण्डारी भेटुवाल, प्रदेश कमिटी सदस्य बासु दुलाल, जिल्ला कमिटी झापाका उपाध्यक्ष उमेश तिम्सिना, समाजवादी प्रेष संगठनका केन्द्रीय सदस्य अनिलदेब राई, बिर्तामोड नगर इन्चार्ज श्रीप्रसाद मिश्र, बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौला, दमक नगर अध्यक्ष हरिप्रसाद नेपाल, युवा संघ नेपालका केन्द्रीय सदस्य प्रतिक राजवंशी, भूमि आयोगका पूर्व सदस्य तथा भद्रपुर नगर सचिव सानु कुमार लामा, अनेमसंघ झापाकी उपाध्यक्ष सरस्वती लिम्बु लगायतका नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved