Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बिपक्षी दलहरुकाे बैठकले ओलि सरकारलाई दवाव सिर्जना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 15, 2025

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहितका ६ राजनीतिक दलहरूले हिउँदे अधिवेशन आह्वान गर्नका लागि सरकारलाई दवाव सिर्जना गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूको बैठकले हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग आग्रह गरेको छ । सरकारले हिउँदे अधिवेशन नबोलाएमा विशेष अधिवेशनसम्म प्रतिपक्षमा रहेका दलहरू जान सक्ने माओवादीका नेता वर्षमान पुनले बताए ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी नेता पुनले भने, ‘सरकारले नियमित संसद नबोलाएर अध्यादेशमार्फत स्वयच्छाचारी ढङ्गले सरकार सञ्चालन गर्ने प्रवृत्ति र रवैया देखाएको छ । त्यसमा हामी ६ दलहरू एकै ठाउँमा रहेका छौं । सबैको चासो र चिन्ता सरकार स्वयच्छाचारी बन्दै गएको छ ।’

‘सरकारले संसदलाई छल्न खोजेको छ । हिउँदे अधिवेशन बोलाउन छाडेर अध्यादेशबाट सरकार चलाउन खोजिएको छ’, पुनले भने, ‘कानून बनाउने जिम्मेवारी हिउँदे अधिवेशनलाई हुने गर्छ । भरखरै ४ वटा अध्यादेश जारी भएका छन् । अर्को अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको खबर छ । सरकारको यो रवैया बेठिक भयो भन्ने साझा निष्कर्ष रहेको छ ।’

‘सरकारले नियमित अधिवेशन बोलाओस् । हिउँदे अधिवेशन बोलाओस् । जनताका सरोकारका विषयहरू, कानून निर्माणका विषयहरू संसदमा ल्याइयोस्’, माओवादी नेता पुनले भने ।

‘सरकारले जनप्रतिनिधि संस्थालाई छलेर काम गर्छ भने प्रतिपक्ष दलहरूको तर्फबाट आवश्यक प¥यो भने विशेष अधिवेशन माग गर्ने, आह्वान गर्नेसम्मको तयारी गरिरहेका छौँ’, चेतावनी शैलीमा पुनले भने ।

‘६ दलबीच तयारी गर्ने समझदारी भएको छ । महँगी बढेको छ, भ्रष्टाचार अनियन्त्रित बनेको छ, स्वयच्छाचारी बढेको छ । दुई ठूला पार्टी मिल्यौँ भन्ने नाममा जनताका आवाज, भावनाहरू विपरितका कामहरू हुँदै गएका छन् । खबरदारी गर्न जरुरी छ’, उनले भने ।

६ दलहरूले साना दलहरूलाई सिध्याउन थ्रेस होल्ड बढाउन लागेको भन्दै आपत्ति जनाएका छन् । साना दलहरूका कारण राजनीतिक अस्थिरता भइरहेका बेला सरकारले थ्रेस होल्ड बढाएर साना दलहरूको खेतीपाती बन्द गर्न खोजेको छ ।

पुनले भने, ‘थ्रेस होल्डको नाममा राजनीतिक दलसम्बन्धी विधेयक तयारी गरिरहेको छ । त्यसमा साना दलहरूको आवाज कमजोर पार्ने, जनताको सहभागिता अझ कमजोर बनाउन दुई दलीय व्यवस्थातिर लैजाने कार्य भइरहेको छ । यो कुरा बेठिक छ । साझा धारणा बनेको छ ।’

साझा धारणाको मस्यौदा बनाउन ६ दलले माओवादीबाट वर्षमान पुन र नेकपा (एकीकृत समाजवादी)बाट बेदुराम भसाललाई जिम्मेवारी दिएको छ ।

उनले भने, ‘ड्राफ्ट कमिटी बनाएका छौँ । दुई दिनभित्र साझा धारणा बनाएर छिटै सार्वजनिक गर्छौं । अरु दलहरूलाई पनि सहभागी गराउने छौँ ।’

बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद अर्याल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved