काठमाडौं । सेवक फिल्म प्रा.ली. द्वारा समाज परिवर्तनको सन्देश दिन निर्माण गरिएको चलचित्र “छुटकारा” को प्रदर्शन मिति तयगरिएकाे छ।
प्रचारप्रसारका लागि एकान्तकुना स्थित क्वालिटी फूडल्याण्डमा आयोजना गरिएको पत्रकार सम्मेलन तथा प्रचारप्रसार कार्यक्रममा विभिन्न पत्रकारहरूको उपस्थितिमा चलचित्रले दिन खाेजेकाे सन्देशकाे बिषय छलफलकाे विषयबस्तु रहेकाे थियाे।

” ‘छुटकारा’ चलचित्र मनोरञ्जन मात्र नभएर आफ्नो आत्मिक पाटोलाई बलियो बनाउने किसिमले इसाई धर्म शास्त्रबाट सम्वादहरु समेटेर बनाइएको चलचित्र हो”; चलचित्रका निर्देशक रोशन सेवकले बताए ।
यस चलचित्रको उद्देश्य मानव मुक्तिको सन्देश सबै मानिसहरुकाे माझमा पुर्याउनु हो भने मुक्तिको सन्देश ग्रहण गरिसकेका हलारुका लागि आत्मिक रूपमा धर्मशास्त्रमा रहेर जीवन अगाडि बढाउनलाई प्रोत्साहन दिनु हो, सेवकले बताए ।
सेवक फिल्म्स प्रा.ली. को सातौँ प्रस्तुतिकाे रुपमा बजारमा आउदै गरेकाे याे चलचित्र हाे। विगत लामो समयदेखि ईसाई धर्म सम्बन्धित चलचित्रहरु प्रस्तुत गर्दै आएकाे सेवक फ्लिमबाट चलचित्रका निर्देशककाे भुमिकामा काम गर्दा विभिन्न चुनौतीहरु समेत ब्यहाेरेकाे निर्देशक राेशनले पत्रकारममझ बताए। “चलचित्रमा हुने विभिन्न चुनौतीहरू मध्यमा आर्थिक चुनौती सेवक फिल्म्सको लागि विशेष चुनौती रहेको छ” ; सेवक थप्छन्।
चलचित्र ‘छुटकारा’ यही पौष १७ गते ग्वार्को स्थित हेब्जिबा म्युजिकसिटी हलमा दिउँसो १ बजे बाट प्रदर्शन हुने भएको छ। टिकेटको मूल्य रु ३०० रहेको छ । नयाँ वर्ष २०२५ को उपलक्ष्यमा प्रदर्शन हुने चलचित्र ‘छुटकारा’को टिकट esewa बाट पनि लिन सकिने समेत पत्रकार सम्मेलनमा जनाइएकाे थियाे ।










